२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

नेकपा बहुमत दाङ जिल्लाले बुझायो प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

Logo
बिदुर एमसी प्रकाशित बुधबार, भाद्र १९, २०८१

दाङ । जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबन्दु सुबेदीलाई नेकपा (बहुमत ) दाङ जिल्लाले ध्यानाकर्षण पत्र बुझाएको छ । सो पार्टीका दाङ जिल्ला सेक्रेटरी अम्मर खड्काको नेतृत्वमा मंगलबार अपरान्ह गएको टोलिले प्रजिअको कार्यकक्षमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

गत आइतबार (भाद्र १६ गते ) बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाइएको दुईबुँदे ज्ञापनपत्र कार्यान्वयनको माग गर्दै उक्त ध्यानाकर्षण पत्र बुझाएको पार्टी सेक्रेटरी खड्काले जानकारी गराएका छन् ।

नेकपा (बहुमत ) पाँच नम्बर व्युरोले गत आइतबार लुम्बिनी प्रदेश सरकारका बन तथा वातावरण मन्त्री बादशाह कुर्मी र रुकुम पूर्वबाट निर्वाचित सांसद डिबि भनिने धन बहादुर केसीलाई पदबाट निलम्बन सहित हदैसम्मको कानूनी कारबाहीको माग गर्दै मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र बुझाएपछि प्रदेश मन्त्रालय जाने प्रमुख प्रवेशद्वारमा विभिन्न नारा जूलूस सहित जनप्रदर्शन गरेको थियो । स्मरण रहाेस् कि बाँके जिल्लाबाट प्रदेश सरकारमा सामेल कुर्मी व्यक्ति हत्या आरोपित हुन् भने पूर्वी रुकुमबाट निर्वाचित सांसद केसी साबिकको रुकुम जिल्ला अदालतले दोषी ठहर्‍याएका व्यक्ति हुन् ।

रुकुम पूर्वबाट लुम्बिनी प्रदेश संसदका लागि निर्बाचित सांसद डिवि भनिने धन बहादुर केसीलाई सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर गर्दै साबिक रुकुम जिल्ला अदालतले २०४८ सालमै एकवर्ष कैद र दुईहजार रकम जरिवाना आदेश भएका ब्यक्ति हुन् । उनी अहिलेसम्म फरार सूचीमा पर्दै आएका छन् । भने उता मन्त्री बादशाह कुर्मी नेपालगन्जकि निर्मला कुर्मीको वेपत्ता र हत्याका मुख्य आरोपित हुन् । मन्त्री कुर्मीलाई गृह मन्त्रालयको सहसचिव हिरालाल रेग्मी नेतृत्वको छानबिन समितीले दोषी किटान गरेको हो।

सांसद केसी र मन्त्री कुर्मीलाई पदबाट तुरुन्त निलम्बनको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाइएको दाङ जिल्ला सेक्रेटरी अमर खड्काले जानकारी दिए । पार्टीले राखेका मागहरु कार्यान्वयनका लागी यही भदौ २० गते मशाल जुलुश र २१ गते देखि प्रदेश भरिमा सरकारी सवारी साधनमा रोक लगाउने पाँच नम्बर व्युरो कार्यालयले जनाएको छ ।

देशभर `भष्टाचार बिरुद्ध जनएकता अभियान ´ घोषणा गरेको सो पार्टीले ५ नम्बर ब्युरोको कार्यतालिका अनुसार मंगलबार लुम्बिनी प्रदेश भरका प्रमुख जिल्ला अधिकारीहरुलाई ध्यानाकर्षण पत्र बुझाएको बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]