२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल प्रहरी कार्यदक्षता मुल्यांकन मापदण्ड Police Baton २०८१ निरीक्षण कार्यक्रम सम्पन्न

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र १९, २०८१

 

महोत्तरी । नेपाल प्रहरी कार्यदक्षता मुल्यांकन मापदण्ड (Police Baton), २०८१” बमोजिमको कार्य निर्देशिका बमोजिम यस जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रभावकारिता र कार्यदक्षता, जवाफदेहिता र पारदर्शिता, प्रहरी सेवा प्रवाहको स्तर, स्रोत साधनहरूको उपयोग र व्यवस्थापन तथा यस महोत्तरी जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि गरिएका कार्यहरु र सांगठनिक सुधारका लागि गरिएका प्रयासहरू लगायतको बिषयमा मुल्यांकन गर्नका “नेपाल प्रहरी कार्यदक्षता मुल्यांकन मापदण्ड (Police Baton), २०८१” समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यू, प्रहरी नायव महानिरीक्षक श्री राजेश नाथ बास्तोलाज्यू मधेश प्रदेश प्रहरीका प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेलज्यू समेतको अनुगमन टोली यस जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पाल्नु भई यस कार्यालयका हिरासत कक्ष, सम्पूर्ण शाखाहरुको अभिलेख, फाईलिंग र तथयाङ तथा मेस, ब्यारेक समेत भौतिक संरचनाहरूका साथै अन्य व्यवस्थापन पक्षहरुको निरीक्षण/अनुगमन गर्नु भई यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नकुल पोखरेलद्वारा शान्ति सुरक्षा र प्रहरी कार्य, अपराध नियन्त्रण र अनुसन्धान, मानवश्रोत एवं प्रशासनिक व्यवस्थापन, स्रोत साधन तथा आर्थिक व्यवस्थापन, रचनात्मक तथा सृजनात्मक कार्य लगायतको बिषयमा प्रस्तुतीकरण गर्नु भई प्रहरी अतिरिक्त महानिरीक्षकज्यूबाट यस कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई प्रहरीले गर्नुपर्ने काम कारवाही र पदीय दायित्व लगायतको बिषयमा आवश्यक निति निर्देशन दिनु भई निरीक्षण कार्यक्रम सम्पन्न भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]