२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

लुम्बिनी प्रदेश प्रहरीले सरुवा हुनुभएका प्रहरी निरीक्षक जिसी र शाहको भव्य बिदाई गर्‍यो

Logo
सागर थापा प्रकाशित बिहिबार, भाद्र २०, २०८१

 

दाङ । नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको मिति २०८१।०५।१७ गतेको पत्रले यस कार्यालयबाट क्रमश: गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रशासन शाखा भैरहवा रुपन्देही र


वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तु सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षकहरु थमन जि.सी र सुजन शाहलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक माधव प्रसाद श्रेष्ठको प्रमुख अतिथ्यतामा फेरी भेटौंला कार्यक्रम आयोजना गरी प्रमुख अतिथिबाट शुभकमना मन्तव्य सहित मायाको चिनो प्रदान गरी स-सम्मान बिदाई गरियो ।


उक्त कार्यक्रममा सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षकहरुले यस कार्यालयमा कार्यरत रहँदाको अनुभव सहितको छोटो मन्तव्य समेत व्यक्त गर्नु भएको थियो ।


उक्त कार्यक्रममा कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरु र अन्य सक्कल दर्जाका प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]