२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

रुपैडिहा बजारमा किनमेल गर्ने उपभोक्ताको सङ्ख्या बढ्दै नेपालगन्ज बजार सुनसान ब्यापारी पीडित

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, भाद्र २१, २०८१

 

बाँके । महान् चाड दसैँतिहार नजिकिँदै गरेका बेला अहिले परेको महिलाको महान् पर्व हरितालिका तिजमा पनि नेपालगन्ज बजारमा खासै चहलपहल देखिएको छैन तर खरिदारीका लागि सीमापारि जानेको भिड नाकामा अत्यधिक देखिन्छ ।

नेपाली उपभोक्तालाई सीमापारिबाट खरिदारी गर्न रोक्नका लागि नेपालगन्ज उद्योग वाणिज्य सङ्घले जमुनाहा नाकामा धेरै पटक बैठकको आयोजना, सचेतना अभियान तथा हेल्प डेस्क नै स्थापना गरे पनि खरिदारीका लागि सीमापारि जाने नेपालीको सङ्ख्या रोकिएको छैन ।

तिजका बेला अहिले रुपैडिहाका अधिकांश पसल नेपाली उपभोक्ताले भरिभराउ छन् । त्यहाँ जताततै नेपाली उपभोक्ता देख्न सकिन्छ ।
रुपैडिहाका व्यवसायी रमेश अग्रवालले अहिले ठुलो सङ्ख्यामा नेपाली उपभोक्ता सामान खरिद गर्न आइरहेकाले एक मिनेट पनि फुर्सद नपाएको बताउँदै अन्य दिनको तुलनामा अहिले तेब्बरभन्दा बढी बिक्री भइरहेको बताए ।

उनले नेपालगन्जबाट मात्र नभई कोहलपुर, राँझा, खजुरा, बर्दियाको बाँसगढी, भुरीगाउँ र दाङ तथा सुर्खेतबाट पनि खरिदारीका लागि नेपाली उपभोक्ता यहाँ आइरहेको बताए ।

रुपैडिहामा दैनिक नेपाली उपभोक्ताले कतिको मालसामान किनमेल गर्छन् भन्ने यकिन तथ्याङ्क नभए पनि नेपालगन्ज उद्योग वाणिज्य सङ्घले अहिले त्यहाँ दैनिक पाँच करोडभन्दा बढीको कारोबार भइरहेकअनुमान गरेको छ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टङ्क धामीले ठुलो परिमाणमा सीमापारिबाट सामान खरिद गरेर नेपाल भित्र्याउँदा दैनिक दुई करोड जति राजस्व नोक्सानी भइरहेको बताए ।

उनले संघले सो रोक्न पटक पटक दबाब सिर्जना गरे पनि रोक्न नसकिएको बताउँदै यसबाट एकातिर देशको राजस्वमा कमी आएको छ भने अर्कातिर नेपालगन्जको व्यापार व्यवसाय सुकेको बताए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले उद्योग वाणिज्य संघले नेपाली उपभोक्ताहरुलाई नेपालगन्ज बजारमा रोक्न नसकेको बताए ।

उनले उद्योग वाणिज्य संघको वर्तमान नेतृत्वले सुरुमा केही पहल गरेको देखिएपनि अहिले पनि व्यक्तिगत स्वार्थमा लागेका कारण नेपालगन्जका व्यसायीहरु प्रभावित भएको बताए । ‘नयाँ नेतृत्व आउँदा भन्सारमा केही कडाइ गरेको जस्तो देखियो उनले भने–‘अहिले संघ व्यक्तिगत स्वार्थमा लागेको देखिएको छ यो राम्रो होइन् ।’

नेपालगन्ज भन्दा रुपैडियामा सामान केही सस्तो हुनु स्वभाविक भएको उनको भनाइ छ । ‘भन्सार गरेर यहाँ ल्याएर सामान विक्री गर्दा केही महंगो हुन जान्छ तर गुणस्तरीयताका लागि भने रुपैडिया भन्दा नेपालगन्ज उपयुक्त हो’ उनले भने । उनले उपभोक्ताहरुले पनि नेपालकै बजार व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]