काठमाडौं । मिति २०८१/०४/०६ गतेदेखि संचालित अपराध अनुसन्धान तालिम (सि.प्र.अ.) ९७ औं समूहका प्रशिक्षार्थीहरुको आज मिति २०८१/०५/१८ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यूको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह कार्यक्रम सम्पन्न भएको थियो


भने उक्त तालिमका तालिम सह-संयोजक प्रहरी निरीक्षक शम्भु बहादुर के.सी.ले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
साथै यस कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका सह-निर्देशक लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।