२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

भारतीय राजदूत नवीन श्रीवास्तवले दार्चुला निर्माणाधीन नेपाल भारत जोड्ने पुलको निरीक्षणमा

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, भाद्र २१, २०८१

 

कर्णाली । दार्चुला सदरमुकाम नजिक महाकाली नगरपालिका–८ असिगाडामा र भारत पिथौरागढ जिल्लाको छारछुम जोड्ने मोटरेवल पुलको राजदूत श्रीवास्तवले स्थलगत निरीक्षण गरेका हुन्।

सुदूरपश्चिम प्रदेशमा टनकपुरपछि दार्चुलामा भारतसित दोस्रो पुल निर्माण भईरहेको छ। भारतसितको सीमामा पहाडी जिल्लामा भने पहिलो मोटरेबल पुल हो। पुल निरीक्षणका क्रममा राजदूत श्रीस्तावले जति सक्दो चाँडो निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्।

पुलको दुईटै साईडमा ट्राफिक जाँचमा समस्या आउने गरी संरचना र पहुँच मार्ग निर्माण गर्न दुवै देशका प्राविधिकको समन्वय हुनुपर्ने बताएका छन्। भारतीय पक्षले निर्माण गरिरहेको एक सय १० मिटर लामो मोटरेवल पुलको काम धमाधम भइरहेको निर्माण कम्पनीले जनाएको छ।

पुल भारतीय कम्पनी पीएण्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड पन्जाले निर्माण गरिरहेको छ। ३२ करोड ९८ लाख भारतीय रुपैयाँको लागतमा पुल निर्माण थालिएको हो। पुल निर्माण सम्पन्न भएपछि सरकारी र नागरिकस्तरमा दुई देशको सम्बन्ध थप बलियो हुनुका साथै दार्चुलाको स्थानीय कृषि उत्पादन, जडीबुटी, धातु र कच्चा पदार्थको अन्तर्राष्ट्रिय व्यापारमा समेत सहज हुने स्थानीयले बताएका छन् ।

जिल्लामै पहिलो पटक महाकाली नदीमा पक्की पुल निर्माणले स्थानीयवासी खुशी भएका छन्। द्विपक्षीय निर्माण सम्झौतानुसार यो पुलको निर्माण कार्य यसै वर्ष सकिनुपर्ने हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]