२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

राप्ती स्वास्थ्य प्रतिष्ठानमा एमबीबीएसका लागि ५० सिट लुम्बिनी प्रदेशकै महत्त्वपूर्ण उपलब्धी जनताहरु खुसि

Logo
ABC-Sanchar प्रकाशित शनिबार, भाद्र २२, २०८१

,

 

दाङ । चिकित्सा शिक्षा आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एमबीबीएस अध्यापनका लागि ५० सिट निर्धारण गरेको छ । आयोगले शुक्रबार ५० सिटको अनुमति सुनिश्चित गरेको प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले बताए ।
`राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जिवनमा आज महत्वपूर्ण दिन : चिकित्सा शिक्षा आयोगबाट MBBS (50 seats) कार्यक्रम सन्चालन गर्न अनुमति प्राप्त भयो उनले भने – समग्र लुम्बिनी प्रदेशवासी र प्रतिष्ठानका शिक्षक कर्मचारीलाई हार्दिक बधाई !-

यो लुम्बिनी प्रदेशकै महत्त्वपूर्ण उपलब्धी भएको लम्सालले बताए । प्रतिष्ठान स्थापनाको ७ वर्षपछि एमबीबीएस पठनपाठनका लागि आयोगबाट अनुमति प्राप्त भएको उनले जानकारी दिए ।

सिट निर्धारणपछि एमाले महासचिब शंकर पोख्रेलले भने- `राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले एमबीबीएस कक्षा संचालनका लागि अनुमति प्राप्त गरेको छ । यस वर्ष ५० जना विद्यार्थी भर्नाको कोटा प्राप्त गरेको छ । बधाई छ राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान र यस अभियानमा संलग्न सबैलाई ।`

हाल प्रतिष्ठानमा बिएस्सी नर्सिङ, बिएनएस र एमडीएमएसका कक्षाहरू सञ्चालन भइरहेको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताए ।

प्रतिष्ठानमा हाल ४० विशेषज्ञ, १७५ नर्स र ५० जना प्यारामेडिक्स कार्यरत छन् । अहिले प्रतिष्ठानमा दैनिक सरदर ८ सय बिरामीले सेवा लिइरहेको प्रतिष्ठानका उपकुलपति डा. लामिछानेले बताए । अहिले प्रतिष्ठानमा ३ सय बेडको क्षमता छ । सरकारको ‘एक प्रदेश, एक स्वास्थ्य विज्ञान प्रतिष्ठान’ भन्ने नीतिअनुसार स्थापित यो लुम्बिनीको एक मात्र प्रतिष्ठान हो । प्रतिष्ठानमा अध्ययन अनुसन्धानलाई अघि बढाउन आफ्नै बैज्ञानिक जर्नल प्रकाशन आरम्भ गरिसकेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७४ अनुसार प्रतिष्ठान स्थापना भएको हो । २०१६ सालमा महेन्द्र हेल्थ सेन्टरका रुपमा स्थापित भएको स्वास्थ्य संस्था अहिले प्रतिष्ठानमा परिणत भएको हो । २०२१ सालमा १५ शय्याको महेन्द्र अस्पताल, २०५० सालमा २५ शय्याको अस्पताल र २०६४ मा ५० शय्याको अस्पतालमा स्तरोन्नती भएको थियो । २०६५ साल चैत १२ गते राप्ती उपक्षेत्रीय अस्पतालमा स्तरोन्नती भएको थियो । २०७१ सालमा १ सय शय्याको अस्पताल हुँदै २०७४ सालमा प्रतिष्ठानमा रुपान्तरण भएको हो । यसैगरेर पुर्बमन्त्री रेखा शर्माले पनि प्रतिष्ठानमा शैक्षिक कार्यक्रम अघि बढेकोमा धन्यवाद दिदै प्रतिष्ठानको बिकासमा एमबिबिएसको पढाई पनि कोसेढुङ्गासाबित हुने बताईन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]