२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

नेपाली फिल्म प्रिमियरमा सहभागि हुन बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

Logo
ABC-Sanchar प्रकाशित शनिबार, भाद्र २२, २०८१

 

काठमाडौं । शनिबार इण्डिगो एयरवेजबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे ।

आफ्नो स्टारडमको बाबजुद पनि उनी सँधै लो-प्रोफाइल बस्न रुचाउँछन् । काठमाडौं एयरपोर्टमा पनि उनी यस्तै देखिए । अनलाइनखबरसँगको कुराकानीमा उनले नेपाली फिल्म र मेकरको प्रशंसा गरे । उनले मीन भामजस्ता उत्कृष्ट नेपाली निर्देशकसँग भविष्यमा काम गर्ने इच्छा व्यक्त गरे ।

अभिनयमा भविष्यमा बनाउन खोजिरहेका नेपाली युवालाई उनले इमान्दारिता र विशिष्टता जोगाउन आग्रह गरे । संसारभर नेपाली युवाले उत्कृष्ट काम गरेको भन्दै उनले प्रशंसा गरे । अभिनेता सिद्दिकी पहिलोपटक नेपाल भ्रमणमा आएका हुन् ।

मीन भाम प्रतिभाशाली निर्देशक हुन् । भविष्यमा उनीसँग काम गर्ने कुरामा आशावादी छु । निश्चय नै शाम्बाला उत्कृष्ट रहेको कुरामा शंका छैन । मलाई शाम्बाला मनपर्‍यो । यसकारण म नेपाल आएको छु ।’

ठ्याक्कै यही फिल्म भन्ने छैन, भविष्यमा म उनीसँग काम गर्न इच्छुक छु । उनी रोमाञ्चक निर्देशक हुन् वास्तवमै ।

म पहिलोपटक नेपाल आएको हुँ । म नेपालीलाई माया गर्छु । हामीसँग वास्तवमै नेपालसँग बलियो सम्बन्ध छ । नेपाली जतासुकै छन् । मेरो घरतिर पनि नेपालीहरु हुनुहुन्छ । हामी परिवारजस्तै गरेर बसेका छौं ।

मैले बर्लिनमा शाम्बाला हेरेँ । यसपटक शाम्बालाबाहेक अर्को एक नेपाली फिल्म हेर्ने पनि तयारी छ । किनभने नेपालसँग उत्कृष्ट निर्देशकहरु छन् । म ती सबैजनासँग काम गर्न मन लागेको छ । सुरुमा म मीनसँग काम गर्न इच्छुक छु ।

नेपाली फिल्ममेकरले राम्रो काम गरिरहेका छन् । अभिनयमा भविष्य बनाउन खोजिरहेका युवाहरुलाई मेरो सल्लाह छ- मौलिकता कहिँकतै हराउनुहुँदैन, जानुहुँदैन । अभिनयमा पनि यस्तै कुराको खाँचो छ । इमान्दारिता र विशिष्टता अभिनयमा पनि चाहिन्छ ।

नेपाली कलाकार र निर्देशकले संसारमा उत्कृष्ट काम गरिरहेका छन् । लोकार्नोमा उत्कृष्ट अभिनेत्रीको अवार्ड एउटा उदाहरण हो । नेपालीले विश्वभर उत्कृष्ट काम गरिरहेका छन् वास्तवमा ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]