२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

बुटवलमा कुहिएको मासुबाट हैदराबादी मट्का दम विरयानी बनाउने गरेको अनुगमन टोलिको पुष्टि

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, भाद्र २२, २०८१

रुपन्देही । बुटवल हैदराबादी मट्का बिरयानी नामले परिचित बुटवलको पुरानो बसर्पाक स्थित हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी’ले कुहिएको मासुबाट विरयानी गराउने गरेको खुलेको छ ।

भदौ २० गते ग्राहकले विरयानी खाने क्रममा फोहोर भाडामै दिएको गुनासो पछि हैदरावाद दम बिरयानीमा अनुगमन गरिएको थियो ।

बुटवल उपमहानगरपालिका, उपभोत्ता हित संरक्षण मञ्च बुटवल नगरकमिटि सहितको टोलीले अनुगमन गर्दा कुहिएको मासु, छाला भेटिएको थियो ।

बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मुल्यांकन शाखाका ठगिश्वर पोखरेलले ग्राहकको गुनासोको आधारमा हैदराबादी दम विरयानीमा अनुगमन गरिएको र ५६ केजी मासु र कुखुरको छाला नष्ट गरिएको बताए ।उनले कार्यालय खुल्ला भएपछि मात्र कार्यविधि अनुसार जरिवाना गर्ने बताए ।

खाद्य ऐन, २०२० ले कुनै पनि खाद्य व्यवसायीलाई जनस्वास्थ्यमा हानी नपुराउने गरी स्वच्छ, सुरक्षित, र स्वस्थ खाद्य पदार्थ उपलब्ध गराउनुपर्ने प्रावधान गरेको छ । तर, हैदरावाद दम बिरानीले यी कानूनी मापदण्डको पालना नगरेको पाईएको उपभोक्ता हित संरक्षण समिति बुटवल नगरका अध्यक्ष समुन्द्र जिसीले बताए ।

‘भाडा माज्ने ठाउँ फोहोरो थियो । भाडा सफा नगरेर खुवाएको गुनासो पनि सुनियो । भाडा माज्ने ठाउँमा सिंगो मासु त्यहि सफा गर्ने गरेको देखेपछि अनुगमन टोलीले पत्र काटेर आएको हो’ उनले भने ।

हैदरावादी दम बिरानीले सस्तो लोकप्रीयता कमाउन प्रचारमा गरेको दावी र वास्तविकतामा ठुलो फरक रहेको समेत पाइएको अनुगमनबाट देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]