२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

चेक बाउन्स मुद्दामा दोषी ठहर भएमा २ वर्षसम्म कैद सजाय हुने व्यवस्था

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र २४, २०८१

 

काठमाडौं । आइतवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा दफावार छलफल पश्चात् सर्वसम्मत रूपमा पारित भएको छ।

विधेयक अनुसार, चेक अनादर मुद्दामा दोषी ठहर भएमा दोषीलाई ५% जरिवाना र एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुनेछ। अर्थ समितिका सभापति सन्तोष चालिसेले चेक अनादर प्रमाणित भएमा जरिवाना र कैदको व्यवस्था गरिएको जानकारी दिए।

सभापति चालिसेका अनुसार, १५ लाख रुपैयाँसम्मको चेक अनादरमा दोषीलाई एक महिना, ५० लाखसम्मकोमा तीन महिना, एक करोडसम्मकोमा एक वर्ष, र एक करोड रुपैयाँभन्दा माथिको चेक अनादर प्रमाणित भए दुई वर्षको कैद सजाय हुने व्यवस्था पारित गरिएको छ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले छलफलको क्रममा चेक अनादरको बढ्दो प्रवृत्ति रोक्न कडा कानूनी व्यवस्था जरुरी रहेको बताए। समितिले विधेयकको दफावार छलफलबाट आएको निष्कर्षलाई सरकार स्वीकार गर्ने बताउँदै पौडेलले विधेयकले चेक अनादर नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नयाँ व्यवस्थासँगै, चेक अनादरका घटनामा कानूनी कारबाही कडा हुँदै गएको छ, जसले बैंकिङ प्रणालीमा थप अनुशासन र विश्वसनीयता कायम गर्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]