हेटौंडा । प्रहरी नायब महानिरीक्षक (डीआईजी) कृष्णहरि शर्माले बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

गृह मन्त्रीस्तरको निर्णयानुसार उपत्यका प्रहरी कार्यालय काठमाडौंबाट डीआईजी शर्माको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा सरुवा भएको थियो ।