२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

एआईजी बज्राचार्यले उपत्यका प्रहरी कार्यालय मातहत प्रमुखहरूसँग बार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

Logo
सागर थापा प्रकाशित सोमबार, भाद्र २४, २०८१

 

काठमाण्डौ । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसँग बार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यबीच गत भदौ ६ गते बार्षिक कार्यसम्पादन सम्झौता भए अनुसार काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सोमवार एक समारोहकाबीच मातहत कार्यालयका प्रमुखहरूसँग आर्थिक वर्ष २०८१/०८२ को कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहरा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय निमित्त प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक डम्बर बहादुर वि.क., काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक सानुराम भट्टराई, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक शेखर खनाल, जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक वसन्त रजौरे र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक वेद विष्ट बीच हस्ताक्षर भएको थियो ।

कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख किरण बज्राचार्यले सम्झौता पत्रमा उल्लेख भएका कार्यहरू प्रभावकारीरुपमा पालना गरी कार्यान्वयन गर्न हुन मातहत कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुहुँदै आफ्नो मातहतहरूलाई समेत परिचालन, उत्प्रेरित गर्न एवम् नियमित, अनुगमन र सुपरिवेक्षण गरी सामूहिक रूपले उपत्यकाको शान्ति, सुरक्षा कायम गर्न समेत उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । आर्थिक वर्ष २०८१/०८२ को कार्य सम्पादन सम्झौता पत्रमा नवप्रवर्तन र सिर्जनात्मक कार्यहरू पनि समावेश गरिएकाले उपत्यकालाई सुरक्षित गर्ने अभियानमा सबै मातहत कार्यालयको ऐक्यवद्दता रहने विश्वास व्यक्त गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]