झापा । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार डेङ्गीबाट हल्दिबारी–३ की ४२ वर्षीया महिला र बिर्तामोड–४ का आठ वर्षीय बालकको मृत्यु भएको हो ।
झापामा साउन १ गतेयता डेङ्गी सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगेको छ । यही अवधिमा कोशी प्रदेशमा डेङ्गीबाट एक हजार ६५ जना सङ्क्रमित भएका छन् । सबैभन्दा बढी मोरङमा सङ्क्रमितको सङ्ख्या पाँच सय ३२ पुगेको छ भने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेङ्गीका सङ्क्रमित धेरै पाइएको छ ।