२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

भालुवाङबाट नयाँ दलको घोषणा नेपाल कम्युनिष्ट पार्टी बामपंथी केन्द्र गठन

Logo
बिदुर एमसी प्रकाशित मंगलबार, भाद्र २५, २०८१

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा एउटा अर्को नयाँ दलको घोषणा गरिएको छ । अहिलेसम्म सत्तामा आसिन दलहरूबाट असन्तुष्ट बनेका र विशेषगरी नेपाली कम्युनिष्ट आन्दोलनमा देखापरेका अनेकौं त्रुटिहरुलाई सच्याएर नेपाल कम्युनिष्ट पार्टी बामपंथी केन्द्र गठन गरेको घोषणा कार्यक्रममा बताइएको छ ।

दाङको देउखुरीमा राप्ती उपत्यका अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर १, स्थित राप्ती उद्योग बाणिज्य संघ भालुवाङको सभाहलमा पत्रकार सम्मेलन गर्दै सो नेकपा बामपंथी केन्द्र घोषणा गरिएको हो । देशैभरबाट ५१ सदस्यीय केन्द्रीय समिति रहेको दाबी गरिएको दलको प्रतिनिधित्वको रूपमा
नेता संयोजक राजकुमार कक्षपती, अध्यक्ष मुकुन्द रोका र महासचिव अर्जुन अधिकारीको नाम मात्रै सञ्चारमाध्यम मार्फत जानकारी गराएको पार्टीका अध्यक्ष मुकुन्द रोकाले बताएका छन् ।

कम्युनिष्ट सिद्धान्तका अन्य कुराहरू यथावत राख्दै माओवाद वा विचारधाराको सट्टामा माओ सिद्धान्त र मजदूर वर्गको सट्टामा श्रमिक वर्ग उल्लेख गर्ने अनि पार्टीको आवश्यकता अनुसार सत्ताशीत विद्रोह गर्ने अथवा चुनावी मैदानमा जानसक्ने पार्टीको तत्कालीन रणनीति रहेकोे नेता संयोजक राजकुमार कक्षपतीले चर्चा गरे ।

घोषणा सभामा पत्रकारहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष रोका र नेता संयोजक कक्षपतीले पालैपालो जवाफ दिएका थिए । पार्टीका अध्यक्ष मुकुन्द रोकाको अध्यक्षतामा र नेता संयोजक राजकुमार कक्षपतीको प्रमुख आतिथ्यतामा सम्पन्न घोषणा सभा कार्यक्रमको सहजीकरण पार्टी महासचिव अर्जुन अधिकारीले गरेका थिए ।

अहिलेसम्मका कुनै पनि दल अथवा सरकारले आम नागरिकको समस्यामा खासै ध्यान नदिएको, बेरोजगारी भ्रष्टाचार र अनियमितताले नैराश्यता ल्याएको, अशिक्षा,गरीबी र भोकमरीले जनताको अवस्था दयनीय हुँदै गएको वर्तमान सन्दर्भमा आफ्नो दलको नेतृत्वमा मात्र यस्ता समस्याहरुको समाधानमा अग्रणी भूमिका खेल्ने बामपंथी केन्द्रका नेताहरुले दाबी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]