२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

बाँकेको कोहलपुर रामनगरमा सडकको बीच भागमा रोपिएका बिरुवा काटेर भागे खोजी जारी

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, भाद्र २५, २०८१

 

बाँके । कोहलपुर नगरपालिका १० वडा अध्यक्ष गौरा कुमारी अधिकारीले स्थानीय लिला भुसालले पाँच वटा समीका बिरुवा काटिदिएको बताइन् । उनका अनुसार भुसाल फरार छन् र उनका भाइले दाजुलाई नगरपालिकामा उपस्थित गराउने बाचा गरेका छन् ।

‘१०–१२ वर्ष लगाएर हुर्काएका समीका बिरुवा कस्तो राम्रोसँग हुर्किएर झ्याङ्ग परेका थिए । पाँचटा बिरुवा काटेर सोत्तर बनाइदिएका छन्,’ वडाध्यक्ष अधिकारीले भनिन् ।

सोमबार दिउँसो नगर प्रहरीले गाईको दाम्लो काटिदिएको थियो । त्यसैको झोंकमा भुसालले सोमबार राति रुख काटिदिएको वडाध्यक्ष अधिकारीले बताइन्

‘सीसीटीभी फुटेजमा छोराले रुख काटिरहेको र आमाले घरबाट हेरिरहेको देखिन्छ,’ उनले भनिन्, ‘गाई बाँध्न नदिएको रिस पोखेछन् ।’उनले पाँच वटा रुख काटिएको अवस्थामा रहेको र एउटा आरीले काट्दाकाट्दै छोडेको देखिएको जानकारी दिइन् ।

आज बिहान नगरपालिकाका जनप्रतिनिधि, वन कार्यालयका कर्मचारी र प्रहरीहरुले रुख काटिएको स्थानको अवलोकन गरेका थिए । ‘रुख काट्ने व्यक्तिको भाग्नु भयो । घरमा जाँदा उहाँ हुनुहुन्नथ्यो,’ वडाध्यक्ष अधिकारीले भनिन्, ‘उहाँको भाइले दाइलाई उपस्थित गराउने भन्नु भएको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]