०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

बारा प्रहरीले २ सय ४० किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ ।

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र २५, २०८१

 

बारा । चितवनको राप्ती नगरपालिका-३, झुरझुरे निवासी ट्रक चालक २६ वर्षीय विज्ञान तिमल्सिना र सह-चालक १८ वर्षीय बाबु काजी परियार रहेका छन् ।

विशेष सूचनाका आधारमा, इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका-२१, अमलेखगञ्जमा हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख २०६३ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा गाँजा बरामद गरिएको हो ।

ट्रकको क्याबिनसँग जोडिएको फल्स बटमभित्र लुकाई छिपाइ राखिएका १५ पोकामा २ सय ४० किलो गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीले ट्रक र चालकसहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!