२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

बारा प्रहरीले २ सय ४० किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ ।

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र २५, २०८१

 

बारा । चितवनको राप्ती नगरपालिका-३, झुरझुरे निवासी ट्रक चालक २६ वर्षीय विज्ञान तिमल्सिना र सह-चालक १८ वर्षीय बाबु काजी परियार रहेका छन् ।

विशेष सूचनाका आधारमा, इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका-२१, अमलेखगञ्जमा हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख २०६३ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा गाँजा बरामद गरिएको हो ।

ट्रकको क्याबिनसँग जोडिएको फल्स बटमभित्र लुकाई छिपाइ राखिएका १५ पोकामा २ सय ४० किलो गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीले ट्रक र चालकसहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]