२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

लुम्बिनी प्रदेशका वनमन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिए

Logo
Abc Sanchar प्रकाशित मंगलबार, भाद्र २५, २०८१

 

दाङ । भालुवाङ मंगलबार मुख्यमन्त्री चेतनारायण समक्ष राजीनामा दिएका हुन् कुर्मीको राजीनामा लिएर कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न पुगेका छन् । उनको राजीनामा भने स्वीकृत हुन बाँकी रहेको मुख्यमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ ।

कुर्मीविरुद्ध कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ । मन्त्री बादशाहविरुद्ध निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ । ‘उहाँविरुद्ध ठगी र कर्तव्य ज्यान मुद्दा छ । अहिले अनुसन्धानकै क्रममा छ,’ जिल्ला प्रहरी कार्यालय बाँकेका एक प्रहरी अधिकारीले भने ।

बादशाहकै संलग्नतामा २०७५ सालमा निर्मलालाई अपहरण गरी बेपत्ता पारिएको पारिवारिक स्रोतको दाबी छ । प्रहरी अनुसन्धानबाट पनि बादशाहको संलग्नता खुल्ने प्रमाणहरु फेला परेको बताइएको छ ।

एकल महिला रहेकी निर्मलाको सम्पत्ती हत्याउन बादशाहको संलग्नतामा उनलाई अपहरण गरी बेपत्ता पारिएको बताइएको छ । ठगी र कर्तव्य ज्यान मुद्दाका अभियुक्त कुर्मीले राजनीतिक आडमा संरक्षण पाइरहेका छन् । उनी बाँके क्षेत्र नम्वर ३ ख बाट काँग्रेसका तर्फबाट निर्वाचित सांसद हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]