२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

भारतीय वन विभागले काम गर्न गएका नेपाली मजदुरलाई पक्राउ जनही ४ लाख जरिवाना

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र २६, २०८१

 

कैलाली । सीमावर्ती भारतीय बजार चन्दन चौकीमा घर बनाउने काम गर्न गएका मजदुर कैलालीकाे कैलारी गाउँपालिका–३ का ७० वर्षीय सलेफु चौधरी र ३५ वर्षीय सोनु गिरीलाई वन विभागले पक्राउ गरेको हो।

उनीहरुलाई पक्राउ गर्नुको कारणबारे यथेष्ट जानकारी प्राप्त हुन नसके पनि वन क्षेत्रमा पर्ने बजारमा घर बनाउन आएको भन्दै पक्रेर लखिमपुर पुर्याएको स्थानीयले जानकारी दिएका छन्।

चन्दन चौकी बजार दुधुवा नेशनल पार्क क्षेत्रमा रहेको छ। सो बजारमा गुप्ता मिष्ठान भण्डारको घर बनाउन गएका दुवै मजदुरलाई भदौ १७ गते वन विभागले पक्राउ गरेको स्थानीय जीतबहादुर चौधरीले जानकारी दिए।

पक्राउ गरेका दुवैलाई जनही नेपाली चार लाख रुपैयाँ जरिवाना तोकेको बताइएको छ। कैलाली ३ बाट प्रतिनिधित्व गर्ने संघीय सांसद् गंगाराम चौधरीले दुवै कामदारलाई रिहाइको पहल गर्न नेपाल सरकारलाई आग्रह गरेका छन्। सदनमा बोल्दै उनले घरको मालिकलाई पक्राउ गर्नु पर्नेमा भारतीय वन विभागले मजदुरलाई पक्रेर जरिवानासमेत तोकेका सदनलाई जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

दाङ । घोराही *स्थान*: जिल्ला प्रशासन कार्यालय, दाङ *अध्यक्षता*: प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल *उपस्थिति*: – प्रहरी नायव उपरीक्षक रेशम वोहरा, जिल्ला प्रहरी कार्यालय दाङ – प्रहरी निरीक्षक उपेन्दर बहादुर बम – जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक यातायात प्रा.लीका पदाधिकारीहरू *छलफल तथा निर्णयका मुख्य बुँदा:* 1. *भाडामा छुट*: विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता […]

एजेन्सी । विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट प्रति ब्यारेल २.६ प्रतिशत ले बढेर १०२.७० डलर पुगेको छ भने अमेरिकामा व्यापार हुने कच्चा तेल २.३ प्रतिशत बढेर ९७ डलर पुगेको छ। बीबीसीका अनुसार अमेरिका र इरानबिच होर्मुज स्ट्रेटमा गोलाबारी भएको हो। इरानले बिनाकारण हमला गरेकाले प्रतिकार गर्न बाध्य भएको दाबी अमेरिकी सेनाले गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘आक्रमण […]

error: Content is protected !!