२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

युवकको मृत्यु पछी वीरगञ्जको आईसीपी भन्सार क्षेत्रमा तनावपूर्ण स्थिति सिर्जना

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र २८, २०८१

 

पर्सा । बिहीबार अपरान्ह ट्याङ्करले ठक्कर दिएर घाइते भएका मोटरसाइकल चालक टिनु कुमार साह तुराहाको मृत्यु भएपछि स्थानीयहरू आक्रोशित बनेका छन्।

ना ६ ख ७५०३ नम्बरको ट्याङ्करले ना २९ प ६९५१ नम्बरको मोटरसाइकललाई बिहीबार करिब साढे ३ बजे ठक्कर दिएको थियो। ठक्करबाट वीरगञ्ज–१७, अलौंका २२ वर्षीय मोटरसाइकल चालक तुराहा गम्भीर घाइते भएका थिए। उनलाई तुरुन्तै गण्डकस्थित बयोधा मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उपचारको क्रममा गएराति उनको मृत्यु भएको हो।

आज बिहान तुराहाको मृत्युको खबर फैलिएपछि हजारौं स्थानीय प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले ट्याङ्कर चालकको लापरवाहीले दुर्घटना भएको र जानाजान ठक्कर दिइएको आरोप लगाउँदै प्रदर्शन गरेका छन्। घटनामा संलग्न चालकलाई कारवाही र मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग राख्दै प्रदर्शनकारीहरू भन्सार क्षेत्रको आईसीपी क्षेत्रमा भेला भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार, ठक्कर दिने ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

अहिले पनि भन्सार क्षेत्रमा स्थानीयहरूको प्रदर्शन जारी छ, र स्थिति तनावग्रस्त बनेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]