२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दुर्घटना न्यूनीकरण गर्न छड्के चेकजाँचलाई तीव्र पार्दै नेपालगन्ज ट्राफिक प्रमुख खड्का

Logo
सागर थापा प्रकाशित आइतबार, भाद्र ३०, २०८१

बाँके । नजिकिँदै दशैं तिहार चाडपर्वमा
नेपालगन्ज क्षेत्रमा दुर्घटना हुन नदिन ट्राफिक प्रहरी कार्यालय नेपालगन्जले मापसे चेकजाँच, सवारी चेकजाँच, यात्रु क्षमता चेकजाँच लगायतमा ध्यान दिएको ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका ट्राफिक प्रमुख कमल खड्काले बताए ।

दुर्घटना सँगसँगै विभिन्न चाडपर्वको समयमा सवारीसाधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यसम्म पुग्ने वातावरण तयार पार्न विभिन्न स्थानमा ट्राफिक प्रहरीको विशेष चेकिङ सुरु गरिएको उनले जानकारी दिए ।

सो क्रममा लामो दूरीका सवारीसाधनलाई लक्षित गर्दै बाँके भित्रिने तथा बाहिरिने सवारी साधनमाथि विशेष चेकजाँच बढाइएको उनको भनाइ छ ।


ट्राफिक प्रहरीले चाडपर्वको अवसरमा जिल्लाका धेरैजसो स्थानमा नियमित चेकजाँच, मापसे चेकजाँच, छतमा यात्रु तथा मालसामान राख्न नदिने, क्षमताभन्दा बढी यात्रु राख्न नदिने भबरलोड सवारीसाधनको अवस्था चेकजाँच गर्ने, यात्रुले अपनाउनु पर्ने सुरक्षा सावधानीबारे समेत जानकारी गराउने काम भएको ट्राफिक प्रमुख खड्काले जानकारी दिए ।

ट्राफिक प्रहरीले लामो दूरीका सवारीसाधनलाई मात्रै नभई छोटो दूरीका सवारीसाधनलाई समेत जाँच गर्न थालेको छ । दुर्घटना न्यूनीकरण गर्न दैनिक रूपमा मापसे चेकजाँचलगायत ट्राफिक प्रहरी सचेतना कक्षा दिँदै आइरहेको पनि खड्काले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]