२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

बाँकेमा मोहम्मद ‘डे’ को अवसरमा सार्वजनिक विदा

Logo
Abc Sanchar प्रकाशित आइतबार, भाद्र ३०, २०८१

बाँके । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्मदिनको अवसरमा बाँकेका तिन पालिकाले सार्वजनिक विदाको घोषणा बाँकेको नरैनापुर गाउँपालिका र नेपालगन्ज उपमहानगरपालि र जानकि गाउँपालिकाले सार्वजनिक विदा घोषणा गरेका छन्। यस अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूलाई विश्वलाई शान्ति, अहिंसा र सहिष्णुताको बाटोमा अग्रसर गराउन पैगम्बर मोहम्मदको प्रेरणादायी जीवनले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।

नरैनापुर गाउँपालिकाले एक सूचना जारी गर्दै सोमबारको दिन सम्पूर्ण वडा कार्यालयहरू, स्वास्थ्य संस्था (आकस्मिक सेवा बाहेक), सामुदायिक विद्यालयहरू, र अन्य सबै सार्वजनिक निकायहरूमा १ दिनको सार्वजनिक विदा दिने निर्णय गरेको छ। यस कदमले गाउँपालिकाभित्रका इस्लाम धर्मावलम्बी समुदायलाई पैगम्बर मोहम्मदको जन्मदिन विशेष रुपमा मनाउन अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]