२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

एआईजी गिरीद्वारा नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन Police Baton लुम्बिनी प्रदेश प्रहरीको निरीक्षण

Logo
सागर थापा प्रकाशित सोमबार, भाद्र ३१, २०८१

दाङ । सोमबार नेपाल प्रहरीको सेवा प्रभावकारिताको मूल्याङ्कन गर्न तथा साङ्गठनिक सुधारका प्रयासहरूमा असल अभ्यास सहित पृष्ठपोषण गर्ने उद्देश्य अनुरूप सञ्चालन गरिएको “नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton), २०८१” को कार्यतालिका बमोजिम २०८१ भदौ ३१ गते केन्द्रीय कार्य दक्षता मूल्याङ्कन समितिका संयोजक एवम् राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाण्डौका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सुदिप गिरी सहितको निरीक्षण टोलीद्वारा कार्यालयको भौतिक पूर्वाधारहरूको अवस्था एवम् संरचना निर्माण, उपलब्ध साधनस्रोतहरूको व्यवस्थापन र सदुपयोग, लुम्बिनी प्रदेशको शान्ति सुरक्षा र अपराध अनुसन्धानको अवस्था, यस कार्यालयबाट भए गरेका सिर्जनशील एवम् रचनात्मक कार्यहरूका साथै सम्पूर्ण शाखाहरूबाट सम्पादित कार्यहरू, सेवा प्रवाहको अवस्था र अभिलेख व्यवस्थापन समेतका विषयमा अनुगमन मूल्याङ्कन कार्य सम्पन्न भएको छ ।


निरीक्षणका क्रममा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायत ज्यूले लुम्बिनी प्रदेश प्रहरीको समग्र वस्तुस्थिति बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रममा मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी ज्यूबाट यस कार्यालय तथा लुम्बिनी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म दाङमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरीमा कार्य दक्षता मूल्याङ्कन (Police Baton) को महत्त्व र यसले प्रहरी सङ्गठनको सेवा प्रवाह तथा कार्य क्षमता अभिवृद्धि र साङ्गठनिक सुधारका विभिन्न क्षेत्रमा परेको सकारात्मक प्रभावको उल्लेख गर्दै समसामयिक विषयवस्तुमा निर्देशन सम्बोधन गर्नु भएको थियो ।


सोही अवसरमा यस लुम्बिनी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरी मूल्याङ्कन समितिले दिईएका महत्त्वपूर्ण सुझाव तथा निर्देशनहरूको अक्षरंश पालना गर्न प्रतिवद्धता सहितको धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।