काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा यस कार्यालयमा मिति २०८१।०४।०६ गतेदेखि सञ्चालित “ट्राफिक नियन्त्रण (प्र.ज. देखि प्र.व.ह.) तालिम १५२ औं समूह” को तालिम आज मिति २०८१।०५।३० गते यस कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराज्यूको प्रमुख आतिथ्यतामा समापन भयो ।
सो समारोहमा प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र तथा पुरस्कार प्रदान गर्दै तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्य क्षेत्रमा ईमान्दारिताका साथ निर्वाह गरी सेवाग्राहीहरुलाई ट्राफिक प्रहरी र सिङ्गो प्रहरी संगठनको शिर उच्च राख्ने गरी कुशलतापूर्वक कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । सोही अवसरमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले तालिम सम्वन्धी प्रतिवेदन पेश गर्दै

ट्राफिक नियन्त्रण (प्र.ज. देखि प्र.व.ह.) तालिम १५२ औं समूहमा प्रहरी सहायक हवल्दार २१ जना र जवान ३९ जना (८ जना महिला) गरी जम्मा ६० जना सहभागी प्रशिक्षार्थीहरु मध्ये ‘क’ श्रेणीमा ४६ जना र ‘ख’ श्रेणीमा १४ जना गरी सम्पूर्ण प्रशिक्षार्थीहरु उत्तीर्ण भएको व्यहोरा जानकारी गराउनु भयो । उक्त कार्यक्रममा तालुक कार्यालयहरुका प्रतिनिधी र यस कार्यालयका सिनियर प्रहरी अधिकृत एवं जुनियर प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।