१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

तारकेश्वर नगरपालिकाको आ.व.२०७५/७६ को वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

Logo
प्रकाशित शनिबार, आश्विन ११, २०७६

  • खिमराज गिरी

असोज ११,काठमाडौं । काठमाण्डौ उपत्यकाको उत्तरी भेगमा अवस्थित तारकेश्वर नगरपालिकाका आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति समिक्षात्मक गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।

वार्षिक प्रगति समिक्षात्मक गोष्ठीको प्रमूख अतिथि संघिय सांसद श्री भिमसेनदास प्रधानको प्रमूख आतिथ्य तथा नगर प्रमूख श्री रामेश्वर बोहोराको सभापतित्वमा सम्पन्न भएको हो । तारकेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा नगरभित्र भएका विकास तथा अन्य भए गरेका काम कारवाहीवारे जनतासामु प्रस्तुत गरेको थियो । नेपालटारस्थित कान्तिपुर ए.वि. पार्टी प्यालेसमा भएको उक्त कार्यक्रममा गत वर्ष भएका विकास निमांणका कामहरुको समिक्षा र आगामी वर्षमा हुने विकास निर्माण तथा विभिन्न कार्यक्रमको रुपरेखावारे यस नगरपालिकाका प्राविधिक इन्जिनियर कञ्चन भट्टले प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा काठमाण्डौ क्षेत्र नं.६ का प्रदेश सांसद माननिय श्री योगेन्द्र संग्रौला, विभिन्न राजनीतिक दलका स्थानिय प्रतिनिधिहरु, तारकेश्वर नगरपालिकाका उपमेयर, सम्पूर्ण वडाका वार्ड अध्यक्षलगायत सदस्यहरु, बुद्धिजीवी,प्राध्यापक, शिक्षक, बालाजु प्रहरी प्रमूख, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, पत्रकार, काठमाण्डौ जिल्ला समन्वय समिति प्रमूख श्री शिवसुन्दर राजबैद्यलगाएत विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो ।

कार्यक्रममा गत वर्ष छुट्याइएको वजेटको विभिन्न शिर्षकमा भएको खर्च विवरण प्रस्तुत गरिएको थियो । यसको साथै आ.व.२०७६/७७ का लागि चालु तर्फ कूल रकम रु ४५ करोड ८७ लाख, पूँजीगत तर्फ रकम रु ९१ करोड ४८ लाख ७३ हजार र प्रदेश सरकारबाट प्राप्त हुने ससर्त अनुदान तर्फ १ करोड १७ लाख ७५ हजार गरी आ.व.२०७६/७७ को कूल वार्षिक वजेट रकम रु १ अर्व ३८ करोड ५३ लाख ४८ हजारको खर्च अनुमान प्रस्तुत गरिएको थियो ।

उक्त कार्यक्रममा प्रस्तुत भएको कार्य प्रगति विवरणवारे समिक्षात्मकरुपमा विभिन्न वक्ताहरुले टिप्पणी गरेका थियो । कार्यक्रममा गत वर्ष यस नगरपालिकाले गरेको कार्य विवरणवारे वोल्दै प्रमुख अतिथि भिमसेनदास प्रधानले खर्चको मितव्ययिता र पारदर्शिताप्रति समन्वयात्मक ढंगले काम भएको भन्दै खर्चप्रतिको पारदर्शितावारे सह्राना गरेका हुन र सवै राजनीतिक दलहरु मिलेर सहकार्य गर्दै अगाडि वढ्न सकियो भनेमात्र जनताको वास्तविक पिरमर्कालाई बुझि हरेक नागरिकको दुःख र पिडाको पहिचान हुन्छ र विकासको काममा सहज तरिकाले अगाडि बढन सकिने कुरा औल्याउनुभयो र यस नगरपालिकाको लागि केन्द्रिय सरकारबाट पनि के कति सहयोग मिल्छ यसको लागि प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै प्रदेश सांसद माननिय योगेन्द्र संग्रौलाले केहि व्यक्तिहरुको टिप्पणीप्रति व्यङ्ग गर्दै सँधै अरुप्रति नकारात्मक सोच मात्र राख्नेहरुले आफ्नो राम्रो कुराको चर्चा गर्ने समय कहिल्यै पाउँदैनन् भन्दै शेषमती, लामवगरहुदै काभ्रेस्थली जोड्ने सडक र नेपालटार फुटुङ्ग सडकको स्तरोन्नतीवारे वोल्दै यसको ठेक्का पट्टाको प्रणालीले गर्दा केहि समय लम्विन गएको र अहिलेको सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकासको काममा यस्ता वाधा व्यवधानहरु आइ नै रहने हुनाले उक्त ऐन संशोधन प्रकृया अगाडि वढाइएको कुरा औल्योएका हुन ।

यस्तै कार्यक्रममा विभिन्न वक्ताहरुले वोल्ने क्रममा नेपाली काँग्रेसका श्रीराम थापालगाएत अन्य व्यक्तिहरुले यस नगरपालिकाभित्र पर्ने सडक स्तरोन्नति, सामुदायिक शिक्षाको गुणस्तरीयतामा जोड, स्वास्थ्यमा सर्व साधारण जनताको पनि पौँच हुनुपर्ने, कृषिमा सुधार, सार्वजनिक जग्गा तथा वन संरक्षण, खुला पार्क निर्माण गनुपर्ने आदि कुराहरुमा जोड दिनुकासाथै शेषमती लामवगर हुँदै काभ्रेस्थली जोडने सडक दशै अगाडि केहि ग्राभेल राखि कमसेकम जनताको लागि आवागमनमा सहज वनाउनुपर्नेमा जोड दिएका थिए । त्यस्तै काठमाण्डौ जिल्ला समन्वय समिति प्रमूख शिवसुन्दर राजबैद्यले पुर्ववक्ताहरुको धारणाप्रति इङ्गित गर्दै कुनैपनि राजनैतिक दलले चुनावी प्रचार प्रसार गर्न खोजेजस्तो गरी राम्रो कामको अवधारणालाई पनि जनतामा नकारात्मक सन्देश प्रवाह गर्न खोजको देखियो भन्दै ता.न.पा.भित्र रहेका केहि सडकहरु जस्तै शेषमतीपुल लामवगर हुँदै काभ्रेस्थली सडक तथा नेपालटार फुटुङ्ग सडकको स्तोरन्नतिको लागि विगतमा प्रचलनमा आएको खरिद ऐन प्रकृयामा व्यापक त्रुटि भएकोले केहि समय लम्विन गएको हो र यी सडकहरुमा पुर्णरुपमा काम हुनको लागि केहि महिना लाग्ने भएतापनि यस नगरपालिकाले गत आ.व.मा गरेका विभिन्न विधाका कामहरुको सह्राना गरेका थिए ।

अन्तमा सो कार्यक्रमका सभापति तथा ता.न.पा.का नगरप्रमूख रामेश्वर बोहोराले सो कार्यक्रममा सहभागि हुनुभएका सम्पूर्ण महानुभावहरुप्रति हार्दिक आभार प्रकट गर्दै गत आ.व.मा प्रस्तुत भएको करिव १ अर्व १६ करोडको वजेटमा झण्डै ७९ प्रतिशत रकम विकास तथा विभिन्न शिर्षकमा खर्च भएको र यसमा सवै तह र तप्काका व्यक्तिहरुले सह्राना गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । यसै सन्दर्भमा ता.न.पा.को समग्र विकासको लागि सहयोग गर्नुहुने कर्मचारी, विभिन्न राजनैतिक दल, बुद्धिजीवी,समाजसेवी, विभिन्न सञ्जालका अगुवा व्यक्तित्वहरुका साथै विभिन्न ठूला योजनाहरु पार्नको लागि प्रदेश तथा संघले देखाएको चासोप्रति आभार प्रकट गर्दै फेरि पनि सहयोगको अपेक्षा गर्नुभयो र आगामी केहि महिना भित्रमा यस नगरपालिका भित्र रहेका लगभग ७० प्रतिशत सकडहरुको काम पूर्णरुपमा सकिने र अहिले तारकेश्वर नगरपालिकाले गरेका जतिपनि कामहरु कृषिमा सुधार, खानेपानीको सहज वितरण, सार्वजनिक जग्गा तथा वनको संरक्षण, पर्यटकीय क्षेत्रमा सुधारको पहल, विभिन्न स्वास्थ्य सम्बन्धि तालिमहरु, प्रहरी सामुदायिक साझेदारी कार्यक्रमहरु आदि छन् ती सवै यहि दुई तीनवटा सडकको स्तरोन्नति गर्न प्रकृया लामो भई ढिला हुन गएको र अन्य माथि उल्लेखित कामहरु ओझेलमा परेकोले यसतर्फ ध्यानाकर्षण भएको कुरा जानकारी गराउनुभयो ।

साथै विगतको खरिद ऐनको दायरामा वसेर काम गर्दा आर्थिक ऐन नाघेर काम गरेजस्तो देखिन्छ तर जनताको सोचाई तत्कालै सवै कुरा भईहाल्छ भन्ने हुन्छ यसमा प्रकृयागतरुपमा अगाडि वढ्दा मुख्य सडकहरु निर्माण गर्नको लागि केहि ढिलाई भएको कुरा औल्याउनु हुँदै हामीमा सुनाई धेरै हुन्छ तर बुझाई कम हुन्छ अनि गल्ली, चोक र चौतारीमा बसि चिया गफमा निकै कुराहरु गर्नुको सट्टा विकास निर्माणको काममा सहयोग सुझाव दिने हो भने हामीले यहाँहरुको सुझाव र सल्लाहलाई सहर्ष स्वीकार गरी तद्नुरुप कामलाई अगाडि वढाइन्छ भन्दै हामी कमजोर पक्कै पनि छैनौ, हरेक कामको गलत शुरुवात नगरी राम्रो परिणाममुखी कामको शुरुवात राम्रै तरिकाले गनुपर्दछ भन्दै हरेक कामलाई संधै राजनीतिक आस्थासँग जोड्नु गलत हुने र सँधै नकारात्मकरुपमा मात्र चित्रण गरिनु राम्रो नहुने कुरा व्यक्त गर्नुभयो ।

यसरी समग्रमा हेर्दा ता.न.पा.ले गत आ.व.मा यस नगरपालिका भित्र विभिन्न कार्यहरु जस्तै विभिन्न भागमा रोडहरु केहि कि.मि.पिच भएका, धेरैजसो सडक ग्राभेलिङ्ग भई पिचको लागि अन्तिम चरणमा पुगेका, महादेव खोला र साग्ला खोलाको करिडोर निर्माण कार्य हुँदै गरेको र पूर्णरुपमा कार्य सम्पन्न गर्नको लागि सम्बन्धित निकायसँग समन्वय गरिएको, विभिन्न वडामा पार्क निर्माण कार्यको शुरुवात भएको, दिगो आर्थिक विकासको लागि दीर्घकालिन रणनीतिका कार्यहरुको लागि प्रदेश र केन्द्रसँग समन्वय गरिएको, जनताको काम छिटो छरितो होस भन्ने हेतुले सहायता कक्ष राख्ने निर्णय गरिएको, शिक्षा तथा स्वास्थ्यमा जोड दिइएको हुँदा समग्रमा चालु आ.व.मा स्वीकृत योजनाहरुको कार्य प्रगति ९० प्रतिशत भन्दा माथि रहेको देखिन्छ ।

यस्तै आगामी वर्ष गरिने विभिन्न कार्य योजनाहरु जस्तै पुर्वाधार विकास, गुणस्तरीय शिक्षा, उपभोक्ता हित संरक्षण योजना, स्वास्थ्य तथा स्वस्थ खानेपानीमा सवैको पहँुच, पर्यटकीय पुर्वाधारमा विकास, कृषि तथा पशुपन्छी विकासको आधुनिकीकरण, व्यवशायीकरण र विविधीकरण, वातावरण, फोहरमैला तथा विपद व्यबस्थापन, सूचना तथा सञ्चार, सहकारीको सुदृढीकरण एवं विकास, युवा तथा खेलकुद एवं स्वरोजगार, समावेशी विकास, लागु औषधि रोकथाम तथा नियन्त्रण, सार्वजनिक जग्गा संरक्षण तथा लैंगिक हिंसा रोकथाम आदि जनतासँग प्रत्यक्ष सरोकार राख्ने भावी योजनाहरु भएतापनि हाल बन्दै गरेका केहि सडकहरु जस्तै लामवगर हुँदै काभे्रस्थली जोडने सडक, फुटुङ्ग, गोलढुङ्गा आदिमा आवागमनमा परेको असुविधाले गर्दा जनतामा निराशाको वादल छाएको हो जसले गर्दा यस नगरपालिकाले गरेका जतिपनि कामहरु छन् यर्थाथमा राम्रा र जनतासँग प्रत्यक्ष सरोकार राख्ने खालका छन् तर जनताको पहिलो रोजाई बाटोघाटो कुला कुलेसा, खानेपानी, ढल निकासमा सहजता भयो भने अन्य कुराहरु तपशिलमा भएपनि ठीकै हुनेजस्तो आभास जनतामा पाइएकोले नगरपालिकाले पनि यसैनुरुप काम गर्ने प्रतिवद्धता जनताको सामु राखेको छ ।

यसरी तारकेश्वर नगरपालिकाले समग्रमा जनतासँग प्रत्यक्षरुपमा सरोकार राख्ने विभिन्न कार्यहरु गरेको छ र अझै केहि कार्यहरुप्रति ध्यान जानु जरुरी देखिन्छ :
१) सुचना प्रवाह
२) बन तथा सार्वजनिक जग्गाको सरक्षं
३) बालुवा ओसार पसारमा रोक
४) यातायात तथा सडक स्तर
५) खानेपानी, नदी नियन्त्रण र ढल निकास
६) विजुली बत्तिको पोल र जेलिएका केवल र नेटका तारहरु
७) फोहोर व्यवस्था
८) शान्ति सुरक्षाको चुनौ
९) करको दायरामा सुधार्नुपर्ने

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]