२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

दाङको राजपुर गाउँपालिका ७ मनौरा नाकामा बर्खा याम सुरु भएसंगै खानेपानीको समस्या हुँदै

Logo
सागर रोका प्रकाशित मंगलबार, आश्विन ०१, २०८१

 

दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नं.७ स्थित मनौरा नाकामा बर्खा याम सुरु भए लागतै खानेपानीको समस्या हुँदै गएपछि मनौरा नाका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष प्रेम बहादुर घर्ती मगरको नेतृत्वमा खानेपानी सञ्चालन ल्याउन लागिएको हो ।

यस वर्ष मात्रै नभएर हरेक वर्ष मनौरा नाकामा खानेपानीको समस्या हुने भएकाले आफ्‌नो गाउँ टोलमा खानेपानीको समस्या नहुन दिनको लागी हरेक वर्ष यसरी नै लागि पर्दै आएको मनौरा नाका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष प्रेम बहादुर घर्ती मगरले जानकारी दिनु भयो । त्यस्तै मनौरा नाकामा मात्रै नभएर अन्य नाकामा पनि खानेपानीको समस्या भएको अध्यक्ष प्रेम बहादुर घर्तीले जानकारी दिनुभयो ।

मनौरा नाका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले नयाँ र यो वर्ष खरिद गरेको पाइप नहुँदा पुराना फालिएका पाइपलाई प्रयोग गरी खानेपानीको समस्यालाई समाधान गर्नको लागि मनौरा नाका बासीहरु लागि परेका हुन ।

नाकामा बसोबास गर्ने मानिसहरुले धमिलो र बर्षातबाट बगेको पानी पिउन बाध्य रहेको देखिएको छ । न त भनेको जस्तो सेवा सुबिधा पाउन सकेका छन्, न त भनेको जस्तो र सोचेको जस्तो विकास हुन सकेको छ । बर्खा याममा खानेपानीबाट मात्रै बन्चित नभएर मोटर बाटोको व्यवस्था नहुदा दुःख बिरामी हुँदा हस्पिटल जानको लागि पनि लामो समय लगाएर लमही, घोराही, तुलसीपुर, नेपालगन्ज तथा छिमेकी देश भारत जानू पर्ने बाध्यता रहेको छ ।

त्यस्तै घरमा चाहिने खाद्यान्न, लत्ताकपडा ल्याउन पनि आफ्‌नो देश नेपाल नभएर छिमेकी राष्ट्र भारत जानू पर्ने नाका बासीको बाध्यता छ । चुनावको बेलामा उम्मेदवारीहरुले यस्तो उस्तो गर्ने छौं भनेर जान्छन् सोझा साझा जनताले त्यहीँ आश गरेर भोट दिएपछि त्यो व्यवहारमा ल्याउने गरेको पाइदैन ।

राजपुर गाउँपालिका वडा नं. ७ स्थित नाका क्षेत्र प्रवेश गर्ने सडक बर्षादले गर्दा अबरुद्ध भएको छ । अहिले भारतसंग जोडिएको नाका क्षेत्रका अधिकांश सडकको अबस्था त्यस्तै छ। जसले गर्दा त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । नाकाबासीले बर्षीदेखि यस्तो समस्या भोग्दै आएका छन्। भने अहिले भारतको बजारमा जान होस्, वा लमही आउन पनि त्यहाँका नागरिकलाई कष्टकर छ ।

नाका क्षेत्रमा प्रवेश गर्ने मोटर बाटो ६ महिनासम्म चल्दा नाका बासीले केहि परिवर्तन र सेवा भएको महशुस भएता पनि बन्द हुँदा जनजीवन नै अन्धकार भएको महशुस गर्नु परेको छ ।

मनौरा नाका खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष प्रेम बहादुर घर्ती मगर, कोषाध्यक्षामा देवीकला परियार, सचिवमा मस्त बहादुर दसौदी र सदस्स्स्रहरुमा बेल बहादुर पुन, पार्वती पुन, बिर बहादुर बुढा, तृष्णा घर्ती रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]