२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कसरी भाइरल भए भारतका डली चायवाला एउटा सोको ५ लाख भारुसम्म नेपाल आएको कति लिए

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, आश्विन ०१, २०८१

 

काठमाडौं । भारतको नागपुरस्थित सडक किनाराबाट जहाँ एक मामुली केटो चिया बेचिरहेका छन् । यस्तैमा उनीकहाँ चिया पिउन नयाँ ग्राहक देखा पर्छन् । सधै झैं उनले आफ्नै शैलीमा चिया उमाल्छन्, गिलासमा खन्याउँछन् र ग्राहकको हातमा टक्राउँछन् ।

चिया पिउन आउँछन्, कस्तो मान्छे आउँछन् ? उनलाई मतलब हुन्न । उनलाई त यति मात्र मतलब हुन्छ कि कसरी आफ्नो पाककलामा इन्जोय गर्न पाऊँ ।

भोलिपल्ट ।

उनलाई थाहा हुन्छ, आफ्नो हातले चिया पिलाएका ग्रााहक सामान्य होइनन् । यो युगकै एक उच्च श्रेणीका व्यक्ति हुन् । अर्थात बिल गेट्स । माइक्रोसफ्टका सहसंस्थापक कुनै दिन आफ्नो दोकान अघिल्तिर उभिएर चिया माग्छन् भन्ने कुरा उनले सायदै कल्पेका थिए ।

तर जीवनमा कहिलेकाहीं यस्तै भइदिन्छ ।

यो कथा हो सुनिल पाटिलको, जो डली चायवालाको नामले अहिले जताततै चर्चित छन् । भारतीय मिडियाका अनुसार डलीले सडकमा उभिएर चिया बेच्न थालेको १७ वर्ष भयो ।

डली खासमा कोही होइनन्, मात्र चियावाला । उनले उल्कै गरेका पनि केही होइनन्, मात्र चिया बेचेका । यस्तो काम गर्ने कति छन् कति । किन चायवालाकै चर्चा भयो ?

किनभने चिया बनाउनु र बेच्नु उनको व्यापार मात्र थिएन । सम्भवत: बाध्यता थियो र बाध्यतालाई उनले रहरमा बदले । रहरलाई कलामा । हो, चायवालाले चियामा चिनी, रंग र मसला मात्र मिसाएनन् । खासमा त उनले त्यसमा कला मिसाइदिए ।

जब काम वा कसैको पेशा–व्यवसायमा कला मिश्रण हुन्छ, त्यो सुन्दर र सम्मोहित हुन पुग्छ । डली चायवालाको हकमा यस्तै भएको हो । बिल गेट्सले आफ्नो सामाजिक सञ्जालमा चायवालाको फोटो पोस्ट गर्दै लेखेका थिए, ‘भारतमा तपाईं जताततै इनोभेसन देख्न सक्नुहुन्छ, यहाँसम्म कि एक सामान्य चिया बनाउनेमा पनि ।’

पक्कै पनि, डली चायवालाको पाककलामा नवीनता थियो । घण्टौं उभिएर उनी यसरी चिया उमाल्थे, जसले ग्राहकलाई सम्मोहित बनाउँथ्यो । अन्ततः ग्राहकहरु उनको हातबाट पाक्ने स्वादिलो चियाको प्रतीक्षा मात्र गर्दैनथे, हत्तपत्त मोबाइल झिकेर भिडियो बनाउँथे । सेल्फी खिच्थे । यसरी नै चायवाला सर्वत्र छाएका थिए, सोसल मिडियामा ।

अहिले मिडियाहरुले यी साधारण युवकको जन्मकुण्डली नै खोतलखातल पारिरहेका छन् । उनी को हुन्, कहाँ जन्मिए, कसरी यहाँसम्म आइपुगे । यति मात्र होइन, उनी कति सम्पत्तिका मालिक हुन्, दैनिक कति कमाइ गर्छन् । भनिन्छ, उनको दैनिक कमाइ ३५ सय भारु भन्दा माथि छ । त्यसबाहेक उनी सामाजिक सञ्जालबाट पनि आर्जन गर्छन् ।

काम जस्तोसुकै होस्, त्यसलाई सम्मान गर्न सकियो भने सो कामले जीवनलाई सुमधुर बनाइदिन्छ । डली चायवालाको जीवनले यही भन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]