२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

मधेसमा नयाँ डिआईजी आचार्यले कार्यभार सम्हाले भारत सीमाबाट हुने तस्करीलाई तत्काल रोक्न कडा निर्देशन

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन ०२, २०८१

 

जनकपुर । मधेस प्रदेशका डिआईजी लालमणि आचार्यले बुधवार बिहान यात्रा डेलीसंग कुराकानीमा नेपाल–भारत सीमाबाट हुने तस्करीमा कुनै प्रहरी अधिकारीको संलग्नता प्रमाणित भएमा उनीहरूलाई तुरुन्त कारवाही गरिने चेतावनी दिए। उनले मधेश प्रदेशका ८ वटै जिल्लाका प्रहरी कार्यालय, ईलाका प्रहरी, र प्रहरीचौकीहरुलाई तस्करी नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन जारी गरेका छन्।

डिआईजी आचार्यले भने, “तस्करी भईरहेको कुनै पनि प्रमाण, जस्तै भिडियो वा तस्बिर प्राप्त भएमा तत्कालै सम्बन्धित क्षेत्रका प्रहरी ईन्चार्जलाई कारवाही गरिनेछ। छानबिन प्रक्रिया सुरु हुनेछ र तस्करीमा संलग्न प्रहरी अधिकारीलाई कानूनअनुसार कारवाही गरिनेछ। यसमा कुनै सम्झौता हुनेछैन।”

विशेष गरी धनुषा लगायतका सीमावर्ती क्षेत्रमा प्रहरीकै मिलोमत्तोमा तस्करी भइरहेको जनगुनासो बढिरहँदा, आचार्यले यस विषयमा गम्भीर कदम चाल्ने संकेत दिए। उनले सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न कनिष्ठभन्दा पनि वरिष्ठ अधिकारीहरुलाई जिम्मेवार बनाउँदै कारवाही गर्ने बताए।

आचार्यका अनुसार, खुला सीमाका कारण तस्करी नियन्त्रण चुनौतीपूर्ण रहेको छ, तर उनले यसलाई रोक्नका लागि प्रहरी निकायलाई आवश्यक निर्देशन दिइसकेको र दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइने प्रष्ट पारे।

लालमणि आचार्य यसअघि धनुषामा प्रहरी उपरीक्षक (एसपी)का रुपमा कार्यरत थिए, जहाँ उनले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए। डिआईजी पदमा बढुवा भएपछि, उनले मधेश प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]