२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआईजी अर्जुन चन्द ठकुरीले रक्सी खाएर उपद्रो मच्चाएको आरोप

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन ०२, २०८१

 

कर्णाली । सुर्खेत नेपाल प्रहरीका विवादित छवि तथा प्रहरी वृत्तमा कमजोर कमाण्ड भएका प्रहरीका रूपमा परिचित ठकुरीले मदिरा सेवन गरेर उपद्रो मच्चाएका हुन्। स्रोतका अनुसार उनले हिजो (मंगलबार) राति कार्यालय बाहिरबाट मदिरा पिएर आएपछि होहल्ला गरेका थिए। त्यसपछि उनी कार्यालयबाटै भागेको स्रोतले जानकारी दिएको छ।

कार्यालयबाट निस्केपछि मदिराकै नसामा उनी काठमाडौं जान्छु सुर्खेत देउती प्रालिको क.प्र. ५७२९ नम्बरको रात्रीबसमा चढेका थिए। त्यो खबर पाएपछि कार्यालयका प्रहरी उपरीक्षक (एसपी) विनोद शर्माको टोलीले उनलाई सुब्बाकुना चोकबाट फर्काएको स्रोतले बताएको छ।

मदिराले मात्तिएका उनले कार्यालय फर्केपछि पनि ‘दानवी रुप’ परिवर्तन गरेनन्। डिआइजी ठकुरीले राति नै धमाधम प्रहरी जवान तथा हवल्दारहरुको काज सरुवासमेत निकालेको बताइएको छ।

स्रोतका अनुसार डिआईजी ठकुरी पछिल्लो २ हप्ताबाट लगातार मदिरा पिएर प्रहरी कर्मचारीहरुलाई दुःख दिँदै आएका छन्। उक्त जानकारी प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त बहादुर कुँवरसम्मै पुगेको बताइन्छ। आइजीपी कुँवरले उनीमाथि कारबाहीको डन्डा चलाउने तयारी गरिरहेको बताइएको छ।

ठकुरी २०५२ सालमा इन्स्पेक्टर पदमा भर्ना भएर प्रहरी सेवामा गएका थिए। उनी हाल कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका प्रमुख रहेका छन्।

ठकुरी विवादमा परिरहने प्रहरी अधिकारी हुन्। डिएसपी हुँदा जमिम शाह हत्यामा संलग्न भारतीय अपराधीसँग उनको कनेक्सन देखिएको थियो। तर त्यसबेला प्रहरी नेतृत्वमा सुदूरपश्चिममा उच्च अधिकारी भएकाले उनी जोगिए। पछि एसपी भएर उनी कैलालीमा बसे। त्यहाँ पनि उनी बारम्बार विवादमा परेका थिए।

डिआइजीमा बढुवा भएपछि उनको पोष्टिङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको थियो। सुरुदेखि नै कमजोर देखिएका उनी त्यहाँ पनि अछुतो रहन सकेनन्।

यतिसम्मकी उनले एयरलाइन्स कम्पनीसँग निःशुल्क टिकट मागेको घटना बाहिरिएको थियो। उनले नेपाल वायुसेवा निगमलाई आफूसहित परिवारका लागि बैंकक घुम्न सित्तैमा टिकट मागेका थिए।

यस्तै भिजिट भिसामा भाग खोजेपछि विमानस्थलका अन्य निकायसँग उनको टकराब बढेको थियो। त्यही मनमुटाव बढेर विमानस्थलमा कर्मचारी प्रहरीबीच कुटाकुट नै भएको थियो। घटनापछि बनेको छानबिन समितिले उनको कमजोरी औँल्याएको थियो। त्यहीँ क्रममा उनले राजीनामा पनि दिएका थिए। तर पछि राजीनामा फिर्ता लिएर उनी काममा फर्किएका थिए। यस बारेमा डिआईजीको अफिस नम्बरमा फोन गर्दा प्रहरी उपरीक्षक एसपी विनोद शर्माले यस्तो कुनै पनि जानकारी नभएको बताएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]