२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

बाँकेमा जंगली हात्तीको आक्रमणबाट २ जना घाइते घर र बालीनालीमा क्षति

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन ०२, २०८१

 

बाँके । राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले राप्ती सोनारी गाउँपालिका-२ गोबरपुरमा आक्रमण गर्दा ४० वर्षीया लक्ष्मी बोहरा र उहाँकी १६ वर्षीया छोरी शान्ता बोहरा घाइते हुनुभएको छ। स्थानीय शंकर शर्माका अनुसार हात्ती बस्तीमा पसेर आक्रमण गरेको हो। घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ।

यसअघि पनि बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–१ गाभरमा जंगली हात्तीले दुईवटा घर भत्काएको छ।केहि दिन अघि हात्तीले धनबहादुर बुढामगर र सरिता पुनको घरमा क्षति पुर्‍याएको थियो। स्थानीय वडाध्यक्ष यमबहादुर खड्काका अनुसार हात्तीले घर भत्काउँदा मानिसहरू समयमै भागेर ज्यान जोगाउन सफल भएका हुन् । आक्रमणका कारण घरका छाना, झ्याल र ढोकामा ठूलो क्षति भएको छ।

हात्तीको आक्रमणले घर मात्र नभई वरिपरिका मकैबारी र अन्य बालीनाली समेत नष्ट गरेको छ। स्थानीय बलबहादुर घर्तीमगरका अनुसार बर्सेनि हात्तीले अन्नबाली नष्ट गर्दा पनि निकुञ्ज र सम्बन्धित निकायले प्रभावकारी कदम नचालेको प्रति उहाँले आक्रोश व्यक्त गर्नुभएको छ।

यस क्षेत्रमा जंगली हात्तीको समस्या दीर्घकालीन रुपमा रहँदै आएको छ, जसले जनधनको क्षति मात्रै नभई स्थानीयलाई मानसिक तनाव पनि थप्दै आएको छ। स्थानियहरूले निकुञ्ज प्रशासनसँग दीर्घकालीन समाधानका लागि तत्काल कदम चाल्न माग गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]