२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

दाङको दंगीशरणमा बाघको आक्रमणबाट २ वटा बाख्रा मृत्यु

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन ०२, २०८१

 

दाङ । दंगीशरण गाउँपालिका १ को फुर्केसल्लीस्थित चिउरेपानी निवासी स्थानिय भुमा वलीका २ वटा बाख्रालाई बाघले आक्रमण गरेको स्थानियले जानकारी दिएका छन् । घरमा बाधेको अवस्थामा एक्कासी जंगलबाट आएको बाघले आक्रमण गर्दा दुईवटा बाख्रा मरेको पिडित वलीले बताउनुभयो । उहाँका अनुसार घर नजिकै बारीमा चराएर आज बेलुका सवा ५ बजेको समयमा घर लिएर बाधेको केही समयमै बाख्रालाई बाघले आक्रमण गरेको हो । बाघले बाख्रालाई घिसारेर घरदेखी झण्डै १ सय ५० मिटर टाढाँ पुर्याएको थियो ।

दुईवटा बाख्रा बाघले खादै गरेको अवस्थामा आफुहरु पुगेपछी त्यहाँबाट बाघ जंगलतिर भागेको उहाँले बताउनुभयो । बाघको आक्रमणबाट दुईवटा बाख्रा मर्दा झण्डै २५ हजार बराबरको क्षती भएको उहाँले बताउनुभयो । बाँके राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भित्र पर्ने फुर्केसल्लीबासीका लागी यो घटना नौलो भने होइन । विभिन्न समयमा यसरी बाघले बाख्रा, गाई, गोरुलगाएतका घरपालुवा जनावरलाई आक्रमण गर्दै आएको छ । बाघको आक्रमणबाट घरपालुवा जनावरको मृत्यु भएमा निकुञ्जले आवश्यक क्षेतीपुर्ती त दिदै आएको छ । तर, झन्झटिलो प्रकृया र समयमा राहत नपाइने समस्या रहेको स्थानियले गुनासो गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]