२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

बलिउड अभिनेता सलमान खानका बुबा सलिम खानलाई फेरि धम्की आयो

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आश्विन ०४, २०८१

 

काठमाडौं । बिहीबार बिहान मर्निङ वाकमा निस्किएका सलिम खानलाई बुर्का लगाएकी एक महिलासहितले लरेन्स बिश्नोईको नामबाट धम्की दिएको भारतीय सञ्चारमाध्यमहरूमा खबर छ ।

समाचार अनुसार अभिनेताको परिवारले बान्द्रा पुलिस स्टेसनमा यस बारे उजुरी दिएको छ । सलमान खानको परिवारलाई लरेन्सको नाममा धम्की आएको यो पहिलो पटक भने होइन । यसअघि १४ अप्रिलमा सलमान खानको मुम्बईस्थित घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर फायरिङ भएको थियो ।

खबरका अनुसार सेप्टेम्बर १८ मा सलिम खान ब्यान्डस्ट्यान्ड क्षेत्रमा बिहान टहल्न निस्किएका थिए । त्यसपछि स्कुटरमा सवार एकजना पुरुष र बुर्का लगाएकी एउटी महिला उनी  नजिक आएर ‘ठिकसँग रहनुस्, नत्र मैले लरेन्सलाई पठाइदिन्छु ?’ भनेर भने । सलिम खानले के भइरहेछ भनेर बुझ्नुअघि नै दुवै जना फरार भइहाले । धम्की दिने को हुन् भनेर अहिलेसम्म थाहा हुन सकेको छैन । बान्द्रा प्रहरीले सलमान खानका बुवा सलिम खानलाई धम्की दिएको मामिला दर्ता गरेर एक आरोपीलाई पक्राउ गरेको छ ।

तर, ती महिला भने अझै फरार छिन् ।यसै वर्ष अप्रिल १४ मा मोटरसाइकलमा सवार दुई अज्ञात व्यक्तिले मुम्बईको बान्द्रामा रहेको सलमान खानको घर बाहिर चार राउन्ड गोली हानेका थिए । अनुसन्धानको क्रममा सो आक्रमण ग्याङ्गस्टर लरेन्स बिश्नोई गिरोहले गराएको भेटियो । यस घटनामा प्रहरीले छ जनालाई गिरफ्तार समातेको थियो । एक आरोपीले जेलमै आत्महत्या गरेका थिए ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]