२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा गुडिरहेको ट्रकमा आगलागी

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, आश्विन ०४, २०८१

 

नवलपरासी । बर्दघाट नगरपालिका-४ स्थित दाउन्नेमा लु २ ख ५१३७ नम्बरको भुस बोकेको ट्रकमा एक्कासी आगलागी भएको हो । भुस बोकेको कारण आगो निभाउन निकै कठिन भएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण ट्रकमा क्षति पुगेको भए पनि मानवीय क्षति भने भएको छैन ।

बर्दघाट नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । बीच सडकमा चल्दाचल्दैको सवारीमा आगो लागेपछि दाउन्ने खण्डमा केही समय सडक अवरुद्ध भएको थियो । आगलागीको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही *स्थान*: जिल्ला प्रशासन कार्यालय, दाङ *अध्यक्षता*: प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल *उपस्थिति*: – प्रहरी नायव उपरीक्षक रेशम वोहरा, जिल्ला प्रहरी कार्यालय दाङ – प्रहरी निरीक्षक उपेन्दर बहादुर बम – जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक यातायात प्रा.लीका पदाधिकारीहरू *छलफल तथा निर्णयका मुख्य बुँदा:* 1. *भाडामा छुट*: विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता […]

एजेन्सी । विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट प्रति ब्यारेल २.६ प्रतिशत ले बढेर १०२.७० डलर पुगेको छ भने अमेरिकामा व्यापार हुने कच्चा तेल २.३ प्रतिशत बढेर ९७ डलर पुगेको छ। बीबीसीका अनुसार अमेरिका र इरानबिच होर्मुज स्ट्रेटमा गोलाबारी भएको हो। इरानले बिनाकारण हमला गरेकाले प्रतिकार गर्न बाध्य भएको दाबी अमेरिकी सेनाले गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘आक्रमण […]

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

error: Content is protected !!