कैलाली । धनगढी उपमहानगरपालिका–७ क्याम्पस चोकमा प्रेम जोशीले सञ्चालन गरेको नास्ता पसलको तेस्रो तलाबाट जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहितका ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनीहरुलाई २३ हजार ३४० रुपैयाँसहित पक्राउ गरेको हो। उनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।