२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

कर्णाली प्रदेशका डिआईजी अर्जुन चन्द ठकुरी काठमाडौं हेडक्वाटर नक्साल तानिए

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आश्विन ०७, २०८१

 

कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआईजी अर्जुन चन्द ठकुरीलाई कारबाहीस्वरुप प्रहरी प्रधान कार्यालय नक्साल तानिएको नेपाल प्रहरीका प्रवक्ता डिआईजी दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार कर्णालीबाट तानिएपछि उनको स्थानमा प्रहरी नायव महानिरीक्षक जनक भट्टराई पठाइएका छन्।

गृह मन्त्रालयले डीआईजी जनक भट्टराईलाई कर्णाली प्रदेश पठाएर ठकुरीलाई तानेको हो। ठकुरीलाई अपराध अनुसन्धान विभाग नक्सालमा ल्याइएको हो।

विवादित ठकुरी मदिरा पिएर नाइट बस चढेको प्रकरणपछि विवादमा तानिएका थिए। मदिरा पिएर प्रहरी आचरण विपरीत गतिविधि गरेको आरोपमा ठकुरीलाई हेडक्वाटर तानिएको बताइएको छ।

विवादित छवि तथा प्रहरी वृत्तमा कमजोर कमाण्ड भएका प्रहरीका रूपमा परिचित ठकुरी बेलाबखत विवादमा आइरहन्छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। उनलाई स्वागत कांग्रेसका नेता कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।  देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।

दाङ । घोराही खेलकुदको माध्यमबाट आपसी मित्रता, सहकार्य र स्थानीयस्तरमा फुटबलको विकास गर्ने उद्देश्यले घोराहीमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ‘घोराही बनाऔँ अभियान’ र लुम्बिनी फुटबल एकेडेमीको संयुक्त आयोजनामा शनिबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुन लागेको हो। घोराही बनाऔँ अभियान र लुम्बिनी फुटबल एकेडेमीको अफिसियल टोलीबीच हुने प्रतियोगिता घोराही उपमहानगरपालिका–१७ उखुबारीस्थित लुम्बिनी फुटबल एकेडेमीको […]

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]