२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

काङ्ग्रेस या अन्य राजनैतिक दलहरू काहाँ चुके प्रहरी नेतृत्व छान्नलाई ? एसपी राजेन्द्रबाबु रेग्मी

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आश्विन ०७, २०८१

 

काठमाडौं । अर्धचेतन, गृहमन्त्री, प्रधानमन्त्री सँग राम्रोसँग प्रस्तुत हुन नसक्ने , पञ्चायती ब्यबस्थाका पृष्ठपोषक र राजदरबारका अन्ध सर्मथक रत्न शमशेरलाई ३० बर्ष अबधि लगाएर हटाएपछि त्यति बेलाको सरकारले निडर हक्कि स्वभावका अच्युत कृष्न खरेललाई प्रहरी महानिरीक्षकमा नियुक्ति गरेर धुब्र बहादुर प्रधानलाई एकल प्रहरी अतिरिक्त महानिरीक्षक बनाएर खरेल सरको उत्तराधिकारी बनाएर प्रहरी महानिरीक्षक बनाएको भए ।प्रहरी भित्र गुट उपगुट भनेर पत्रपत्रिका रङ्गिदैनथे।
धुब्र बाहादुर प्रधानको अबकाश पछि प्रहरी नेतृत्वको जिम्मेवारी जातिय हिसाबले सन्तुलन र निडरको रुपमा परिचित रामकाजी बान्तवालाई अगाडि ल्याउनु पर्दथ्यो।रामकाजी वान्तवा सर पछि इमानदार , सादगी र प्रजातन्त्र प्रति आस्थावन र स्पष्ट बक्ता अनन्त राम भट्टराई सरकारको रोजाईमा राख्नुपर्थो।भट्टराई सर पछि एक दमै चलाख , प्रहरी मात्र होइन गृह प्रशासन समेत बुझेको र कम्पुटर जस्तो दिमाग भएको कुमार कोईराला जे जस्तोसुकै परिस्थिति भएपनि प्रहरी महानिरीक्षकमा नियुक्तिको लागि सरकारले साहस गर्नुपर्दथ्यो।
तत्कालीन प्रचण्ड सरकारले हेम बाहादुर गुरुङलाई नियुक्ति गरेपनि सम्रग प्रहरीको कुनै गुनासो रहेन ।गुरुङ पछि आएका रमेश चन्द ठकुरी र रबीन्द्र प्रताप शाहले प्रहरी भित्र राम्रो पनि गर्नै सकेनन् नत कसैले बिगारे।
तत्कालीन डा बाबूराम भट्टराईले कुबेर सिंह रानालाई प्रहरी महानिरीक्षक नियुक्त गरेपनि शुरुमा सबैलाई नकारात्मक दृष्टिले हेरेपनि उनीसँग तर्क बिर्तक गरेर उनीलाई राम्रो सँग सुझाव दिएपछि सहमत हुने खालका थिए।शुरुमा जनजातिलाई मात्र माया गर्छ भनेर आरोप लगाएपनि जागिरको पछिल्लो समय सबैको प्रिय कुबेर साहेब बन्न सफल भएका थिए।
कुबेर राना पछि संगठनलाई चलायमान र गतिशील बनाउन सुरेन्द्र बा शाहा वा राजेन्द्र सिंह भण्डारी मध्ये बाट प्रहरीको साँचो सुम्पिएको भए परिणामहरु फलदायी हुन्थ्यो
जय बाहादुर चन्दलाई सम्मानित अदालत बाट नियुक्तिमा रोक लगाईसकेपछि , नबराज सरलाई शेर बाहादुरले इज्जतको सबाल बनाएपछि फिल्ड होस वा लेखाइमा निपूर्ण, माओवादी आन्दोलन (बिद्रोह ),मधेस आन्दोलन र अन्य समस्याहरुलाई नेपालीमा क देखि ज्ञ सम्म , अङ्ग्रेजीमा ए देखि जेठ बुझेका , गृह प्रशासन राम्रोसँग बुझेका ,माओवादी बिद्रोह कालमा प्रहरी प्रधान कार्यालय भन्दा माओवादी प्रभावित जिल्लाहरूमा आफ्नो कर्म क्षेत्र बनाएका चलायमान र गतिशिल ब्यक्तित्वहरु देबेन्द्र सुबेदि वा पशुपति उपाध्याय मध्य एक जनालाई प्रहरी नेतृत्वको जिम्मेवारी सुम्पीएको भए संगठन चलायमान हुन्थ्यो ।
त्यसपछिको प्रहरी नेतृत्वमा ९० टोलीका रमेश खरेल, पुष्कर कार्की र ठुले राई अरुभन्दा सक्षम थिए।
९० टोलिको बैकल्पिक ठाकुर र तारिणी लम्साल जो भएपनि न बिरोध न सर्मथन।जो भए म्यादिको रुपमा आइजी भए।
त्यसपछि निडर र जस्तोसुकै अबस्थाको जिम्मेवार लिन सक्ने र परे राजिनामा खोल्टिमा हालेर हिडन सक्ने हरि बाहादुर पाललाई संगठनको जिम्मेवारी दिनुपर्दथ्यो।
तत्कालीन शेर बाहादुर सरकारले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाएर केही हदसम्म भएपनि आफ्नो गल्ती कमजोरी सच्चाउन सफल भए।
त्यसपछि प्रहरी हाम्रो होइन , सम्रग आम जनताको हो भन्ने भावना जागृत गराउन,राजनीतिका सन्त पुरष किसुनजी भए जस्तै प्रहरी भित्रका सन्त साधु सादगी ,शुन्यशिलताको पुर्ण रुपमा पालन कर्ता ,सबै प्रहरीहरुको अबिभाबक हुन सर्हष रुपमा स्विकार्न टेक प्रसाद राईलाई संगठनको जिम्बा दिएको भए अहिलेसम्म संगठनमा सकरात्मक उर्जाहरु भरिसक्थे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]