२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

देशभर गर्मी मंगलबारदेखि शुक्रबारसम्म भारी वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखा

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, आश्विन ०८, २०८१

 

काठमाडौं । मनसुन कमजोर बनेर देशभर गर्मी बढिरहेका वेला मंगलबारदेखि भने वर्षा हुने भएको हो सोमबार जनकपुरको अधिकतम तापक्रम ४०.६ डिग्री सेल्सियस पुगेको थियो। तर, मंगलबारदेखिको वर्षाले तापक्रम घटाउने र जनजीवनमा केही राहत हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताए। पाक्न लागेको धानबालीलाई भने असर पुर्‍याउने देखिएको छ।

‘मंगलबार दिउँसोदेखि बादल लागेर वर्षा हुन्छ, शुक्रबारसम्म वर्षाको सम्भावना छ,’ मौसमविद् झाले भने, ‘बंगालआसपास बनेको न्यूनचापीय प्रणाली उत्तर पश्चिमतिर सर्दै छ। स्थानीय वायुको पनि असर र मनसुनी प्रभावका कारण वर्षा हुन लागेको हो।’

महाशाखाका अनुसार मंगलबार कोशी, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने आकलन गरिएको छ।

मंगलबार राति कोशी, बागमती, गण्डकी, सुदूरपश्चिमका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आकलन महाशाखाले गरेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको चेतावनी दिइएको छ।

सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।
बुधबार सातवटै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश एक-दुई स्थानमा भारी वर्षा हुने देखिएको छ।

सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि चेतावनी महाशाखाले दिएको छ। कोशीका तराई तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीसमेत चल्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]