२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

राजपुर ६ कल्याणपुर नाकामा रहेको दिपेन्द्र आधारभूत विद्यालय व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन

Logo
सागर रोका प्रकाशित मंगलबार, आश्विन ०८, २०८१

 

दाङ । देउखुरी राजपुर दिपेन्द्र आधारभूत विद्यालय व्यवस्थापन समितिमा जसको अध्यक्षमा कुमार पुन मगर,सदस्यहरु, विमला बुढा,सरिता घर्ती,राजपत्ती चौधरी,राजमा पुन,रिम बहादुर घर्ती लगायतलाई नयाँ नेतृत्वका चयन गरिएको हो । यस्तै उक्त समितिको सदस्य सचिवमा प्रअ खेमराज यादव रहेका छन् ।

कार्यक्रममा राजपुर गाउँपालिका प्रमुख अध्यक्ष शरद बुदाथोकी र राजपुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष श्याम रोका त्यस्तै गरेर नेपाल भारत सिमाना सुरक्षा बलका सशस्त्र प्रहरी बलका इन्चार्ज बम बहादुर सारु लगायत कल्याणपुर नाका बासिन्दा हरुको सहभागी रहेको थियोे ।

उक्त विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन गर्नका लागि राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकी र ६ नम्बरका वडा अध्यक्ष श्याम रोका सहितको टोलि कल्याणपुर नाका पुगेका थिए ।

विद्यालयलाई अझै बलियो र दियो जस्तै उज्यालो बनाउने र सधै विद्यालयको हरेक कमि कम्जोरलाई बाहिर ल्याउने सक्ने क्षमता रहोस् भन्दै समितिमा चयन भएका सम्पूर्ण टिमलाई पालिका अध्यक्ष बुढाथोकी र वडा अध्यक्ष रोकाले हार्दिक बधाई एवं शुभकामना दिएका थिए ।

त्यस्तै हरेक घरका अभिभावकले आफ्नो छोराछोरीलाई सधै विद्यालय पठाइ आफ्नो छोराछोरीको पढाई के कस्तो हुँदै छ भनेर कहिलेकाही समय मिलाएर विद्यालयसम्म पुग्ने र विद्यालयका शिक्षकहरु बुझ्न राजपुर गाउँपालिका अध्यक्ष बुढाथोकीले आग्रह गरे ।

त्यस्तै विद्यालयको लागी चाहिने आवश्यकता अनुसार बजेट र निकासको लागी सधैब लागि पर्ने यस राजपुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष श्याम रोकाले बताए ।

केहि महिना पहिले कल्याणपुर विद्यालयको लागि लाखौं रुपैया पैसाको खर्चमा बनाएको भवन राम्रोसँग मर्मत नहुदा र भवन बनाउने ठेकेदारले लापरबाहीका साथ बनाएको कारणले भवनमा बर्खा याम पानी कोठा भित्र छिरेर स-साना बालबालिका बस्न समेत गाह्रो हुने भएको त्यस विद्यालयका प्रधानाध्यापक खेमराज यादवले जानकारी दिए ।

त्यति मात्रै नभएर त्यस विद्यालयको वरिपरिबाट पर्खाल र कमपाउन नभएको हुँदा रातीको समयमा वरिपरि रहेका गाइ बस्तुहरुले विद्यालय भित्र बसेर धेरै नोक्सानी गरेको पाइन्छ ।

विद्यालयमा दुई जना शिक्षकले कक्षा ५ सम्म पठनपाठन गराउदै आएको र कुनै कुनै समयमा विद्यालयको परिसर अर्थात गेट पालेले साना कक्षालाई पढाउने काम गरेको त्यस विद्यालयका प्रधानाध्यापक यादवले बताए ।

यति मात्रै नभएर कक्षा ५ सम्मको लागी बसेर पढने कोठा नहुँदा एक कक्षा र दुई कक्षाका विद्यार्थीलाई संगै राखेर पढाउनु पर्ने बाध्यता रहेको शिक्षकहरुको गुनासो रहेको छ ।

कल्याणपुर नाकामा खाने पानी र नुहाउन अनि कपडा धुनको लागी पानी नहुनाले धेरै भन्दा धेरै समस्या भोग्दै आउनु परेको त्यस विद्यालयका पुर्व व्यवस्थापन समितिका अध्यक्ष सुर्य बहादुर खत्रीले जानकारी दिए । घरमा खाना बनाउन र पिउने नुहाउन कपडा धुनको लागी पानी ल्याउनलाई करिब एक दुई घण्टा खोलाको बाटो हुँदै ल्याउनु पर्ने कल्याणपुर नाका बासिन्दाहरुको बाध्यता रहेको पाइन्छ । यो समस्या भनेको आज र यो वर्ष मात्रै नभएर हरेक वर्षमा खानेपानी देखि धेरै सास्ती खेप्नु परेको कल्याणपुर नाका बासीहरुको गुनासो रहेको छ ।

त्यस्तै गरेर हरेक वर्ष खोलामा बग्ने पानीको मुहान सुक्ने हुनाले खानेपानीको मुहान खोला खालीमा खोज्दै पिउने पानी प्रयोग गर्ने गरेको राजपुर गाउँपालिका वडा नम्बर ६ कल्याणपुर नाकाका बासिन्दाहरुको गुनासो पाइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]