२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

प्रहरीभित्र ५० लाख काण्डको छानबिन सेटिङ गरेर ५० लाखमा थुनुवा भगाएको प्रकरणमा छानबिन जारी

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन ०८, २०८१

 

काठमाडौं । स्रोतका अनुसार क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरी दुई दिन थुनामा राखेर ५० लाख रुपैयाँ बिचौलियामार्फत असुलेर छाडिएको थियो। सोही घटनामा अहिले इन्स्पेक्टरसहित केही प्रहरीको मिलेमतो तथा शंकास्पद भूमिका देखिएको छ।

जसमा काठमाडौं परिसरका इन्स्पेक्टर प्रतिक सिंह पनि मुछिएका छन्। उनको कमजोरीका कारण सो घटना भएको उपत्यका प्रहरी कार्यालयले गरेको छानविनले देखाएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी प्रजित केसीको नेतृत्व यस विषयमा इन्स्पेक्टर सिंहको समेत कमजोरी औंल्याएर प्रतिवेदन बुझाएको स्रोतले जनाएको छ।

सिंहको मातहत काम गर्ने हवल्दार गणेश खड्का क्यानडा बस्ने आशिष आचार्यलाई क्रिप्टो कारोबारको आरोपमा पक्राउ गरेका थिए। नेपाल आएको बेला आचार्य पक्राउ परेका थिए।

उनलाई दुई दिन थुनामा राखेपछि प्रमाण नभेटिएको भन्दै छाडिएको थियो। यस क्रममा आचार्यकी दिदीले प्रहरीलाई बुझाउन भनेर बिचौलिया तेज तामाङलाई ५० लाख रुपैयाँ बुझाएकी थिइन्।

सो विषयमा पीडितकी दिदीले प्रहरी अधिकारीलाई गुनासो गरेपछि छानबिन सुरु हुँदा लेनदेन पुष्टि भएको हो।

हवल्दार खड्का र तामाङबीच पुरानो चिनजान भएकाले पैसा असुल्ने योजनाअनुसार नै उनलाई पक्राउ गरेको खुलेको छ। तामाङ फरार रहेकाले उनले ५० लाख रुपैयाँ क–कसलाई बुझाए भन्ने खुल्न सकेको छैन।

विस्तृत अनुसन्धान नै नगरी छाडिएकाले यस घटनामा अन्य प्रहरी अधिकारीको समेत मिलेमतोको आशंका गरिएको थियो। स्रोतका अनुसार तामाङसँग परिसरकै इन्टेलिजेन्समा काम गर्ने सई माधव थापा मगरको समेत सम्पर्क छानबिन समितिले पत्ता लगाएको थियो।

तामाङ र उनीबीच कुराकानी भएको खुलेको छ। सई मगरको मोबाइल परीक्षणका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाइको छ।

पक्राउ परेका आचार्य भने क्यानडा पुगिसकेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]