२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

लुम्बिनी प्रदेशको जिल्लाबाट १९ वटा गाईगोरु प्रहरीले दाउन्नेबाट पक्राउ गरी भन्सार बुझायो

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन ०८, २०८१

 

बुटवल । पश्चिम नवलपरासीका विभिन्न स्थानबाट खरिद गरेर महेन्द्र राजमार्गको पूर्वी नाका झापा हुँदै बंगलादेश लैजान भनेर गाडीमा ल्याइएका १५ वटा जर्सी गाई र ४ वटा गोरु दिउँसो बरामद गरिएको हो ।मिनी ट्रकमा कोचाकोच गरेर ल्याइँदै गर्दा एउटा गाई र गोरु ट्रकमै मरेको पाइएको छ । दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका विभिन्न स्थानमा खरिद गरिएको चौपाया मासुको प्रयोजनका लागि पूर्वीनाका हुँदै प्रहरीकै सेटिङमा बंगलादेश लैजाने गरेको पाइएको छ । ट्रक र चौपाया स्याहार्ने मजदुरसमेत पक्राउ परेका छन् । पश्चिम नवलपरासीमा १० कठ्ठा भन्ने स्थानबाट ती चौपाया शुक्रबार बिहान गाडीमा राखेर लैजाँदै गरेको अनुसन्धानबाट खुलेको छ । दाउन्नेमा समातिएको चौपाया बोकेको ग प्र ०३००ख २२७० नम्बरको ट्रक प्रहरीले त्रिवेणीधाम लगेको हो ।ट्रकमा ल्याइँदै गरेका चौपाया समातेर भन्सार बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]