२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

चाडपर्व लक्षित अपराध रोक्न जिल्ला प्रहरी रुपन्देही बिशेष सुरक्षा योजना सार्वजनिक

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आश्विन ११, २०८१

 

रुपन्देही । बडा दशै, दिपावली र छठ पर्व लाई मध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्व अवधीभर नियमित गतिविधिको साथै थप प्रहरीहरु खटाउने भएको छ ।

रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक रञ्जित सिंह राठौरले चाडपर्वमा हुन सक्ने बिसंगति, विकृति विरुद्ध थप प्रहरी परिचालन गरेको बताए । राठौरले ट्राफिक सहितको पिकेट ४३ स्थानमा र ट्राफिक प्रहरी सहितको चेक प्वाईन्ट १९ स्थानमा राखिने उनले बताए ।

प्रत्येक प्रहरी ईकाईमा प्रहरी टोली तत्काल कार्यवाही टिम (क्युआरटि)को रुपमा राखी परिचालन गर्ने व्यवस्था मिलाएको राठौरले बताए । यसको लागि ४९ वटा क्युआरटि टिम बनाइको उनले बताए । यस बाहेक १७ वटा मोबाईल गस्ती, १८ वटा पैदल गस्ती परिचालन गरिने छ ।

चाडपर्वको समयमा बढी पटका, आतीसबाजीको प्रयोग हुने भएकोले सो को नियन्त्रणमा पनि प्रहरी कडाईका साथ प्रस्तुत हुने जनाईएको छ । पटकाको प्रयोग वा यसको बिक्रि बितरण गरेको पाईए कार्यवाही गरिने राठौरले बताए  । चाड पर्व लक्षित सुरक्षाको लागि एक सिफ्टमा ६ सय ९५ जना सुरक्षाकर्मि परिचालन गरिने उनले बताए ।

चाडपर्वमा हुन सक्ने अपराधको पूर्वानुमान गरि सरोकारवालाहरु संगको छलफल गरि प्रहरीले रणनिति बनाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा भएको छलफलमा सरोकारवाला निकाय सबैले आ–आफ्नो भूमिका निभई दिन रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आग्रह गरे । चाडपर्वमा चोरी, ठगी, कुटपिट झै झगडा मात्र नभई दुर्घटनाहरु पनि बढ्ने हुदा त्यसको न्यूनिकरणको लागि प्रशासनमा गरिएको निर्णय कार्यान्वयनमा सहयोग पु¥याउन उनले आग्रह गरे ।

चाडपर्वमा सवारी साधनको मनोमानी भाडादर, क्षमता भन्दा बढी सवारी, टिकटमा मनोमानी लगायतको गुनासोहरु आउने गरेकोले यसको नियन्त्रणको लागि सादा पोशाकका प्रहरी परिचालन गरिने प्रजिअ अर्यालले बताए ।

राजमार्ग लक्षित गरि रातीको समयमा गश्ती बढाउने योजना रहेको, बन्द रहने सरकारी कार्यालय, तथा संघ–सस्थाका सुरक्षा गार्ड र कार्यालय सहयोगीहरु संग समन्वय सहितको सुरक्षा व्यवस्था मिलाईने छ ।

प्रहरीका बिभिन्न युनिटहरुले विगतमा आ–आफ्ना एरियामा घटेका घटनाहरूलाई मध्ये नजर राखी पैदल, साईकल, मोटर साईकल र गाडी गस्ती परिचालन गरिने भएको छ । बेलहिया, भैरहवा र बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुहरुलाई सुरक्षित यात्राको प्रत्याभुती दिलाउने योजनामा प्रहरी रहेको छ ।

यस अतिरिक्त चाडपर्व लक्षित अपराध बढन् सक्ने भएकोले नागरिकलाई पनि चनाखो हुन प्रहरीले अपिल गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]