२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

नेपाल राष्ट्र बैंकले दशैंका लागि आइतबारदेखि सुकिला नोटहरु वितरण गर्दै

Logo
Abc Sanchar प्रकाशित आइतबार, आश्विन १३, २०८१

 

काठमाडौं । यस पटक नयाँ नोटको सट्टा पुराना तर सफा (सुकिला) नोट मात्रै साट्ने व्यवस्था गरिएको छ। राष्ट्र बैंकको केन्द्रीय कार्यालय र वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयहरूबाट सर्वसाधारणले सुकिला नोट साट्न सक्नेछन्।

राष्ट्र बैंकका सहायक प्रवक्ता डाक्टर डिल्लीराम पोखरेलका अनुसार यस वर्षबाट नयाँ नोट सटही नगर्ने निर्णय लिइएको छ। यस निर्णयले बैंकलाई नोट छपाइमा लाग्ने खर्च कम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न मद्दत पुग्ने छ।

विगतका वर्षहरूमा जस्तै, यस वर्ष पनि ५, १०, २०, ५० र १०० दरका साना नोटहरू १–१ सेटको रूपमा सटही गर्न सकिनेछ। राष्ट्र बैंकले १८,५०० रुपैयाँसम्मका नोट साट्ने सुविधा प्रदान गर्ने जनाएको छ। सहायक प्रवक्ता पोखरेलले यस वर्ष बजारमा पठाइसकेका र फिर्ता भएका सुकिला नोटहरू साट्ने व्यवस्था गरिएको जानकारी दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]