२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

देशभर विमानस्थलहरुमा उडान सुचारु आइतबारदेखि नियमित उडान हुने

Logo
Abc Sanchar प्रकाशित आइतबार, आश्विन १३, २०८१

 

काठमाडौं । तीन दिनदेखि प्रभावित भएको आन्तरिक उडान माैसम खुलेसँगै आजदेखि नियमित सञ्चालनमा आएको हो ।

हुस्सुका कारण बिहान केही बेर उडान प्रभावित भए पनि ९ बजेदेखि भने सबै विमानस्थलमा नियमित उडान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

यसअघि बिहीबार केही विमानस्थलमा उडान हुन सकेको थिएन भने खराब मौसमका कारण शुक्रबार र शनिबार भने अधिकांश विमानस्थल ठप्प रहे ।

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल आन्तरिक उडानको ३० प्रतिशत मात्रै भएको विमानस्थल कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]