२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

बाँकेको जानकी गाउँपालिका-३ इन्द्रपुरमा एक बालकको पोखरीमा डुबेर मृत्यु

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन १३, २०८१

 

काठमाडौं । जानकी गाउँपालिका ३ इन्द्रपुरका बसिर अलीका ९ वर्षीय छोरा अर्थान अलीको माछा मार्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घरदेखि करिब १५० मिटरको दुरीमा रहेको पोखरीमा खेल्ने क्रममा अर्थान चिप्लिएर पोखरीमा डुबेका थिए।

स्थानीयवासीले खबर गरेपछि सशस्त्र प्रहरी बल नेपालका गोताखोर टोलीले खोजी कार्य थाल्यो। सशस्त्र प्रहरी बल नम्बर ३०, बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विमल डाँगीका अनुसार, ती बालकको शव गोताखोर टोलीले पोखरीबाट निकाल्न सफल भएको हो। खोजीमा जिल्ला प्रहरी कार्यालय बाँके र सशस्त्र प्रहरी बल नेपाल बिओपि जयसपुरका सशस्त्र प्रहरी निरीक्षक ललित शाहीको नेतृत्वमा ७ जनाको टोली, साथै सशस्त्र प्रहरी बल नम्बर ४२ रिजर्भ गण शमशेरगन्जका नायब निरीक्षक टेक प्रसाद आचार्यको नेतृत्वमा ६ जनाको अर्को टोलीले सहभागिता जनाएको थियो।

सशस्त्र प्रहरीको टोलीले बालकलाई खोजी गरेर शव बाहिर निकालेपछि, मृतकको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल पठाइएको छ। पोष्टमार्टम पछि शवलाई आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। यस घटनापछि, बाँकेका प्रहरीले जनतालाई पानीको स्रोत भएका स्थानहरूमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]