२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

बाढीपहिरो र डुबानबाट हालसम्म १९३ जनाको मृत्यु ३ हजार ७०५ को उद्धार ९६ घाइते ३१ जना बेपत्ता

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आश्विन १४, २०८१

 

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट हालसम्म १७० जनाको ज्यान गएको छ। गृह मन्त्रालयले आइतवार साँझ पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले असोज १० गतेदेखि देशका अधिकांश ठाउँमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाबाट हालसम्म १९३ जनाको मृत्यु र ४२ जना बेपत्ता भएको जानकारी दिए। उनले १११ जना व्यक्ति घाइते रहेको बताए।

उनले विपद्‌बाट प्रभावितको खोज तथा उद्धारका लागि सबै सुरक्षानिकाय परिचालन भई निरन्तर काम गरिरहेको जानकारी गराए। उनले हालसम्म ४ हजार विपद्प्रभावितको उद्धार गरिएको र काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुरलगायतका जिल्लामा विभिन्न ठाउँमा घाइते भएका र अलपत्र परेका १६२ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्नुका साथै खाद्यान्न साथै आपत्‌कालीन राहत सामग्री उपलब्ध गराइएको बताए।

प्रवक्ता तिवारीले भने, ‘देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानबाट हालसम्म प्राप्त विवरणअनुसार १७० जनाको मृत्यु, ४२ जना बेपत्ता भएका छन् भने १११ जना घाइते रहेको अवस्था छ।’
उनले घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको र खोज तथा उद्धार र राहतलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइरहेको बताए। अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]