२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

नेपालगन्जको गणेशमान चोकदेखि चारबाहिनी चोक जोड्ने सडकलाई एकतर्फी रुपमा सञ्चालन

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आश्विन १४, २०८१

 

बाँके । अबदेखि उक्त सडकखण्डमा हरेक दिन बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म यो रुटमा एकतर्फी सवारी साधन चल्न पाउनेछन् नेपालगन्जको अति व्यस्त गणेशमान चोकदेखि चारबाहिनी चोक जोड्ने सडकलाई एकतर्फी गराउने निर्णय कार्यान्वयनमा गर्दै उक्त सडकलाई एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक पुस्कर पन्तले जानकारी दिएका छन् ।

उनले भने, ‘ जिल्ला प्रशासन कार्यालय बाँकेमा केही दिनअघि सम्पन्न बैठकले गरेको निर्णयलाई कार्यान्वयमा ल्याउँदै हरेक दिन बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म यो रुटलाई एकतर्फी सञ्चालनमा ल्याएका छौं । निर्णय अनुसार नै यस रुटमा सवारी साधन सञ्चालन हुनेछन् ।’

सडकमा एकतर्फी सवारी साधन चलाउने गरी ट्राफिक चिन्ह लगायत निर्माण गर्ने काम भइरहेको नेपालगन्ज उपमहानगरपालिका नगर प्रहरी प्रमुख सुर्यबहादुर बोगटीले बताए । उनका अनुसार सवारी साधनहरु गणेशमान चोकबाट चारबाहिनी चोकतर्फ जान पाउनेछन् । तर चारबाहिनी चोकबाट गणेशमान चोकतर्फ सवारी साधनलाई प्रवेश गर्न दिइने छैन ।

‘चारबाहिनी चोकबाट गणेशमान चोकतर्फ जान चाहने सवारी साधनलाई शितलनगर रोड भएर जान दिने व्यवस्था मिलाइएको छ,’ नगर प्रहरी प्रमुख बोगटीले भने । सवारी साधनको चापले गर्दा पटक–पटक जाम हुने र सडक नै अस्तव्यस्त हुन थालेपछि एकतर्फी बनाउन आवाज उठ्न थालेको थियो ।

सर्वसाधारणको आवागमनलाई सहज बनाउन यस्तो निर्णय गरिएको नेपालगन्ज ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक कमल खड्काले । ‘विशेषगरी बिहान ९ बजेदेखि कार्यालय समयसम्म यो सडक अत्यधिक रूपले जाम हुने गरेको पाइयो, त्यस कारण सहज होस् भन्नका लागि एकतर्फी गराइएको खड्काले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]