२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाउन्नेमा सडक भासिएपछि पुर्वपश्चिम राजमार्ग पुर्णरुपमा अवरुद्ध हजारौं यात्रुहरु अलपत्र

Logo
रबिन्द्र यादव प्रकाशित मंगलबार, आश्विन १५, २०८१

पश्चिमनवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको बुटवल नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । दाउन्नेमा सडक भासिए पछि सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ४ दाउन्नेको खुर्सानी खोलमा सडक भासिएकाले सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी रमेश बोहोराले बताउनु भएको छ ।
सडक विस्तारको क्रममा निर्माण गरिएको सडक किनाराको रिर्टनिङ पर्खाल खस्नुका साथै विद्युत् हाइटेन्सन लाइनको ठुलो पोल ढलेको प्रहरी नायव उपरीक्षक बोहोराले जानकारी दिनु भयो । होङ्सी सिमेन्ट उद्योग सर्दीका लागि विद्युत् ल्याइएको हाइटेन्सन पोल भाँचिएको हो ।
सोमवार साँझ बाट सडक अवरुद्ध भएकाले पूर्व तर्फ वाट पश्चिम जाँदै गरेको सवारीसाधनलाई पश्चिम नवलपरासीको बर्दघाट र पुर्वी नवलपरासीको दुम्कीवास क्षेत्रमा नै रोकिएको छ । सडक सुचारु गराउनका लागि प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक बोहोराले बताउनु भयो । स्रोतका अनुसार बाटो पुर्ण रुपमा सुचारु हुन दुई दिनसम्म लाग्न सक्ने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]