सल्यान । नेपालगञ्जबाट रुकुम पश्चिम जाँदै गरेको लु २ ख ५००२ नम्बरको फोर्स गाडी बिहीबार बिहान सल्यान कुमाख गाउँपालिका ३ गुरेली खोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी रुकुम पश्चिम चौरजहारी नगरपालिका १ का ३३ वर्षीय त्रिलोचन गिरी, सल्यान कुमाख गाउँपालिका ३ का २२ वर्षीय सन्तोष राना, ५५ वर्षीय बसन्त भारती, ३२ वर्षीया गीता बुढा, ६० वर्षीया बसन्ता भारती, रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
यस्तै कुमाख गाउँपालिका १ की २८ वर्षीया विष्णु चन्द, ३४ वर्षीय घनश्याम केसी, वडा न ३ का २२ वर्षीय पारस भारती, २३ वर्षीया सम्झना भारती,, वडा न ६ का २५ वर्षीय हरि सुनार, वडा न ३ का १५ वर्षीय विनोद नाथ योगी, १८ वर्षीया विनता नाथ योगी घाइते भएको जिल्ला प्रहरी कार्याललय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिए ।
यस्तै वडा न १ की १३ वर्षीया सलिना शाही, २१ वर्षीय दिपक नाथ योगी, २० वर्षीया सुजाता बुढाथाकी र २० वर्षीया विन्दु लामिछाने रहेका छन् । घाइते १६ जनामध्ये १४ जनाको चौरजहारी मिसन अस्पताल रुकुम पश्चिम पठाइएको छ भने त्रिलोचन गिरी र गिता बुढालाई नेपालगञ्ज रिफर गरिएको उनको भनाइ छ ।
ब्रेक फेल भइ भित्ताका गाडी ठोक्किँदा गाडीमा सवार २० जनामध्ये १६ जना घाइते भएको प्रहरीको भनाइ छ । गाडी चालक कुमाख गाउँपालिका ३ का २२ वर्षीय बसन्त बुढाथोकी फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।