२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

धरानका मेयर साम्पाङले उपप्रमुख नदिएर वडाध्यक्षलाई कार्यवाहकको नियम विपरीत जिम्मेवारी दिए

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, आश्विन २९, २०८१

 

धरान । नेकपा एमालेबाट निर्वाचित उपप्रमुख अइन्द्रविक्रम बेघालाई कार्यवाहकको जिम्मेवारी नदिइ नियम विपरीत वडाध्यक्षलाई दिएका हुन् । आफूसँग राम्रो सम्बन्ध नभएका कारण साङपाङले उपप्रमुखलाई दिनुपर्ने जिम्मेवारी वडाअध्यक्षलाई दिएका हुन् ।

उनले वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्रकुमार फागुलाई आफ्नो अनुपस्थितिमा कार्यबाहक तोकेका हुन् । साम्पाङ बिहीबार बेलायत भ्रमणमा जान लागेका छन् । साम्पाङले वडाअध्यक्ष फागुलाई असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि कामकाज गर्ने गरी कार्यवाहक जिम्मेवारी निर्वाह गर्न पत्र लेखेर दिएका हुन् ।  उनले वडाध्यक्षलाई कामको जिम्मेवारी नै बुँदागत रुपमा तोकेरै पत्र दिएका छन् ।

पत्रमा आर्थिक सहयोग एक दिनको ५ हजार रुपैयाँ मात्र अधिकतम गर्ने, कार्यपालिका बैठक बोलाउन नपाउने, १० दलले तोडफोड गरेको गेट र नगरपालिकाको बोर्ड मर्मत नगर्ने, रेडबुकका कुनै बजेटका योजनाहरु स्वीकृत नगर्ने र कसैको सिफारिसमा करार तथा ज्यालादारीमा कर्मचारी नथप्ने साथै सरुवा बढुवा नगर्ने शर्तसहित कार्यबाहकको जिम्मेवारी दिइएको छ । बेलायतमा रहेका नेपालीको निम्तोमा आफू बेलायत जान लागेका उनले त्यहाँका नेपाली समुदायसँग भेटघाट गर्ने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]