२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

सत्तारूढ दल काँग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन २९, २०८१

काठमाण्डू । सत्तारूढ कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।

शिवाकोटीले आफूलाई बालुवाटारबाट पक्राउ गरी मालीगाउँ ल्याइएको बताएका छन् ।

निर्मला कुर्मीलाई न्याय माग गर्दै रूबी खानको अगुवाईमा मंगलबार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीनिवास बाहिर गरेको प्रदर्शनका क्रममा शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले रूबी खानसहित अरु ७ जनालाई नियन्त्रणमा लिएको छ ।

शिवाकोटीले आफूलाई बालुवाटारबाट पक्राउ गरेर मालीगाउँ र त्यहाँबाट स्वास्थ्य परिक्षणका लागि भन्दै वीर अस्पताल लगेको बताए ।

आफूलाई नियन्त्रणमा लिनुको कारणबारे प्रहरीले केही नबताएको उनले जनाए । प्रदर्शनका कारण सवारी जाम भएको र  गाडी रोकेर के भएको रहेछ भनेर बुझ्न गएका बेला नियन्त्रणमा लिइएको उनले उल्लेख गरे ।

शिवाकोटी काँग्रेस महामन्त्री गगन थापा निकट मानिन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]