२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

नेकपा बहुमत पार्टीले दाङमा एकजना मिटरव्याजीलाई कालोमोसो जुत्ताको माला

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन ३०, २०८१

दाङ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले दाङका दुर्गाप्रसाद पन्थलाई मिटरव्याजी, सुदखोर र करछली लगायतका आरोप लगाउँदै कालोमोसो दलेको हो । नेकपा बहुमत जिल्ला समिति दाङले एक विज्ञप्ति जारी गर्दै पन्थलाई कालोमोसो दली जुत्ताको माला लगाइएको जनाएको हो ।

जारी विज्ञप्तिमा पार्टीले पछिल्लो समय लडाइँ सबै खाले शोषण, दमन, उत्पीडन, हत्या, हिंसा र लुटपाटको संरक्षण गरिरहेको राष्ट्रविरोधी दलाल पूँजीवादी संसदीय व्यवस्था कै विरुद्ध रहेको र जनविरोधी व्यवस्थाको आडमा जनता माथी शोषण गर्ने हरेक पात्र, प्रवृत्ति, संस्था र संगठनका विरुद्ध सशक्त प्रतिरोध र प्रतिवाद गर्दै जनसंघर्षको अभियान अगाडि बढाउने सन्दर्भमा पटकपटक सल्लाह, सुझाव र चेतावनी दिँदा समेत अटेर गरि जनतालाई मिटरब्याजमा पैसा लगाएर लुटको धन्दा चलाएर सयौं जनताको जीवन बर्बाद पारिदिने सुदखोर तथा मिटरब्याजी दुर्गाप्रसाद पन्थलाई जनकारबाही गर्न आफ्नो पार्टी बाध्य भएको जनाइएको छ ।

पन्थलाई कारबाही गर्नुका कारणमा उनी मिटरव्याजीको नाइके र नामुद सुदखोर भएको, जाली तमसुक कागज चेक लिएर जनतालाई सास्ती दिएको, चक्रीय व्याज दर लगाइ जनतालाई बेघरबार बनाएको, वित्तीय आतंक मच्चाएको, अवैध ढंगले अकुत सम्पत्ति जोडेको र राजस्व छली गरेको जस्ता आरोपहरु पन्थलाई नेकपा बहुमत द्वारा लगाइएको छ ।

साथै विज्ञप्तिमा निज पन्थको सम्पतीको श्रोत र सम्पत्तिलाई शुद्धीकरणको कानुनी दायरामा लिन राज्यको निकायलाई अनुरोध पनि गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]